जलपाईगुडी: दुर्घटनामा परेर गम्भीर घाइते भएकी छात्रालाई स्थानीयले उद्धार गरी दमकलको गाडीमा धुपगुरी अस्पताल पुर्याएका छन्।घटना मंगलबार बिहान करिब ११ बजे धुपगुरी महाकुमार विनय साह मोर क्षेत्रमा भएको हो। स्थानीयवासीका अनुसार बिद्यालयमा पढनका लागि साइकलमा मगुरमारीबाट धुपगुरी आउँदायात्रु बाहक टाटा म्याजिक र बाँस परेको गाडीको बीचमा छात्रा खसेपछि दुर्घटनामा परे लगतै खबर पाएर धुपगुरी दमकल पुगेको थियो। स्थानीय बासिन्दाको सहयोगमा बालिकालाई उद्धार गरी धुपगुरी विभागीय अस्पतालमा लगिएको थियो। पुलिसले सो घटनाको जॉच शुरु गरिएको छ।