सिक्किमका राज्यपाल गंगा प्रसादद्वारा तीज पर्वको शुभकामना

file-1.jpg

गान्तोक: तीज पर्वको पावन अवसरमा सिक्किमका राज्यपाल गंगा प्रसादले सिक्किमवासीहरू विशेषगरि हिन्दू धर्मावलम्बी महिलाहरूप्रति हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।

राज्यपालले आफ्नो सन्देशमा भनेका छन्, ‘हिन्दू पञ्चाङ अनुसार भाद्रपदको शुक्ल पक्षको तृतीयमा हरतालिका तीज मनाइन्छ। यस दिन हिन्दू महिलाहरू अखण्ड सौभाग्य, मनोकामना पूर्ति र परिवारको सुख एवं समृद्धिका लागि विधि विधानसॅंग व्रत, पूजा अर्चना गर्छन्।’ यस अवसरमा राज्यपालले राज्यवासीहरूको सुख, समृद्धि, सुस्वास्थ्य एवं शन्तिको कामना गरेका छन्।

About Author

Advertisement