सरूपथारको डाकघरमा लुटपाट

IMG-20240717-WA0003

गाेलाघाट (असम): गोलाघाट जिल्लाको सरूपथारस्थित डाकघरबाट डाँकाहरूको एक गिरोहले रकमहरु लुटपाट गरेको छ। सो घटना सरूपथार थानाको नजिकै भएको हो। घटना सोमवार साँझ चार बजेतिर भएको हो।
पुलिसले आज सोघटनाबारे जानकारी गराउदै सरूपथारमा थानादेखि अन्दाजी तीन सय मीटर दुरीमा रहेको डाकघरबाट मोटर साइकलमा आएका तीनजना डाँकाको समूहले चलाखीपूर्वक करीब एक लाख तीस हजार रुपियाँ लुट्टपा गरेका छन। डाकघरका पोस्ट मास्टरबाटै डाँका समूहले रकम लुटेका हुन्। सूचना पाए लगतै घटनास्थलमा पुगेर पुलिस टीमले जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement