नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले आज देशका प्रथम राष्ट्रपति भारत रत्न डा राजेन्द्र प्रसादको जयन्तीमा उनलाई श्रद्धाञ्जली अर्पण गरे। उनले भारतीय लोकतन्त्रको बलियो आधारशीला निर्माण गर्नमा डा प्रसादको अतुलनीय योगदानको प्रशंसा गरे। एक्समा आफ्ना पोस्टमा प्रधानमन्त्री मोदीले लेखे, ‘देशका प्रथम राष्ट्रपति भारतरत्न डा राजेन्द्र प्रसादलाई उनको जन्मजयन्तीमा आदरपूर्ण श्रद्धाञ्जली। संविधान सभाका अध्यक्षका रूपमा भारतीय लोकतन्त्रको सशक्त आधारशीला निर्माण गर्न उनले अतुलनीय योगदान दिनुभयो। आज हामी सबै देशवासीले संविधानको ७५ वर्षको उत्सव मनाइरहेको बेला उनको जीवन र आदर्श झन् प्रेरणादायी बन्न पुगेको छ।‘ –पीआईबी