खरसाङ: खरसाङ खण्ड अन्तगर्त सन्त मेरिज तीन ग्राम पञ्चायतमा मंगलबार स्वच्छ भारत मिशन अन्तर्गत गाउँ घर सफा अनि स्वच्छ राख्न हेतु गाँउ घरबाट मैला उठाउनका निम्ति एउटा पिक अप गाडी ल्याइएको छ। यस अवसरमा सन्त मेरिज तीन ग्राम पञ्चायत प्रधान मणिराज डुम्जनको बाहुलीबाट रिबन काटेर यस कार्यको शुभारम्भ गरियो। यस अवधि पञ्चायत प्रधान मणिराज डुम्जनले आफ्नो गाउँ घरको परिवेश स्वच्छ एवं सुन्दर बनाउन हेतु आजदेखि पञ्चायत क्षेत्रको मैला उठाउने यो गाडी गाउँ-गाउँ जाने बताएमा छन्। उनले सन्त मेरिज तीन ग्राम पञ्चायतमा धेरै विकासमूलक कार्यहरु भइरहेको पनि जनाए। यस कार्यक्रममा ग्राम पञ्चायत सदस्य पूजा लोहार, सदीप सार्की, बिमला लामा, निरज डुम्जन, भागोप्रमो पंखाबारी-अम्बटे-लङ्भ्यू समष्टि सचिव ललित प्रधान आदिको उपस्थिति रहेको थियो भनी प्रचार-प्रसार सचिव जिनोद परियारले जानकारी दिएका छन्।