राष्ट्रपतिले प्रदान गरिन् राष्ट्रिय दिव्यांगता सशक्तिकरण पुरस्कार २०२४

PResidentpic103122024N119

नयाँ दिल्ली: राष्ट्रपति द्रौपदी मुर्मुले आज (३ दिसम्बर) नयाँ दिल्लीमा अन्तर्राष्ट्रिय दिव्यांगता दिवसको अवसरमा राष्ट्रिय दिव्यांगता सशक्तिकरण पुरस्कार २०२४ प्रदान गरिन्। राष्ट्रपति मुर्मुले यस अवसरमा सबै पुरस्कार विजेताहरुलाई बधाई दिइन्। उनले भनिन्, ‘यी पुरस्कारको दीर्घकालीन सामाजिक महत्व छ। यसको अनुकरण गरी अन्य व्यक्तिहरू र संस्थाहरूले दिव्यांग व्यक्तिहरूलाई सशक्त बनाउने दिशामा अघि बढ्न सक्छन्।‘ यस वर्षको अन्तर्राष्ट्रिय दिव्यांगता दिवसको विषयवस्तु ‘समावेशी र दिगो भविष्यका लागि दिव्यांग व्यक्तिहरूको नेतृत्व प्रवर्द्धन’ बारे चर्चा गर्दै राष्ट्रपति द्रौपदी मुर्मुले भनिन्, ‘दिव्यांग व्यक्तिहरूको बीच उद्यमशीलतालाई प्रवर्द्धन गर्ने, उनीहरूको सीप विकास गर्ने, रोजगारी प्रदान गर्ने, उनीहरूका उत्पादनहरूको खरिद र बजार व्यवस्थापनको सुविधा दिने कार्यले उनीहरूको नेतृत्व क्षमता बढाउन सकिनेछ।‘

उनले भनिन्, ‘सम्पूर्ण मानव जातिले केही यस्ता काम गर्नुपर्छ, जसले गर्दा दिव्यांग व्यक्तिहरूले आफूलाई सहज र समान महसुस गर्न सकून्। उनीहरूलाई सबै प्रकारका बाधारहित वातावरण उपलब्ध गराउनु समाजको प्राथमिकता हुनुपर्छ। वास्तवमै संवेदनशील समाज भनेको त्यही हो, जहाँ दिव्यांग व्यक्तिहरूलाई समान सुविधा र अवसर प्रदान गरिन्छ।‘

राष्ट्रपति मुर्मुले भनिन्, ‘दिव्यांग हुनु कुनै पनि प्रकारको कमजोरी होइन। यो एक विशेष स्थिति हो। दिव्यांग व्यक्तिहरूलाई सहानुभूतिको आवश्यकता छैन, उनीहरूलाई समानुभूतिको आवश्यकता छ। दयाको होइन, संवेदनशीलताको आवश्यकता छ। विशेष ध्यानको होइन, प्राकृतिक स्नेहको आवश्यकता छ। समाजले यो सुनिश्चित गर्नुपर्छ कि दिव्यांग व्यक्तिहरूले समाजका अन्य सदस्यहरूसँग समानता, गरिमा, र सम्मानको अनुभव गर्न सकून्।‘ राष्ट्रपतिले भनिन्, ‘अन्य व्यक्तिहरूसरह काम गर्ने अवसरले दिव्यांग व्यक्तिहरूमा आत्मविश्वास र अर्थपूर्ण जीवन जिउने भावना पैदा गर्छ। यस प्रकार, रोजगारी, उद्यमशीलता, र आर्थिक सशक्तीकरणका माध्यमबाट उनीहरूको जीवनलाई उत्कृष्ट बनाउन सकिन्छ।‘ -पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement