खरसाङ: खरसाङ पञ्चायत समितिको तर्फबाट आज खरसाङ खण्डका चारवटा ग्राम पञ्चायतहरुमा रहेका स्वास्थ्य केन्द्र, आँगनवाडी केन्द्र, शिशु शिक्षा केन्द्र, स्कूल र सार्वजनिक भवन आदिमा शुध्द पानी पिउनलाई आरओ वाटर फिल्टर वितरण गरिएको छ। फिभटिन फाइनेन्स योजना अन्तर्गत खरसाङ खण्ड पञ्चायत समितिको तर्फबाट प्रथम चरणमा १० वटा वाटर फिल्टरहरु वितरण गरिएको छ। यसमा खरसाङ खण्डको तर्फबाट चारवटा ग्राम पञ्चायतहरु क्रमैले शिवखोला,घैयाबारीे तीन, पाण्डु र सन्त मेरिज तीन ग्राम पञ्चायतहरुमा वाटर फिल्टर वितरण गरिएको छ। उक्त वाटर फिल्टर वितरण कार्यमा खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु छेत्री प्रधान, खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्ती, जोइन्ट खण्ड विकास अधिकारी फ्रान्को लेप्चा, कर्माध्यक्षहरु भक्तिमान तामाङ, साजन दर्जी, एन्ड्रुहाङ सुब्बा लगायत पञ्चायत समिति सदस्यहरु अम्बर सार्की र कुसुम तामाङ उपस्थित रहेका थिए। आज वितरण गरिएको वाटर फिल्टरहरु चारवटै ग्राम पञ्चायतको उप स्वास्थ्य केन्द्र, आँगनवाडी केन्द्र, शिशु शिक्षा केन्द्र, स्कूल, सार्वजनिक भवनतिर शुध्द पानी पिउनलाई राखिने भएको छ। यस वाटर फिल्टर वितरण कार्य विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्तीले फिफ्टिन फाईनेन्स अन्तर्गत २०२३-२४ को पिउने पानीको प्रोजेक्ट अनुसार जनसाधारणको सुविधाको लागि आरओ वाटर फिल्टर वितरण कार्य सम्पन्न गरिएको बताएका छन्। उनले खरसाङ खण्ड पञ्चायत समितिको माध्यमबाट दशवटा स्थानहरू चयन गरेर यो १० वाटर वितरण गरिएको जानकारी गराएका छन्। उनले खरसाङ खण्ड पञ्चायत समितिको तर्फबाट १० वटा आरओ वाटर फिल्टरहरु जनसाधारणको सुविधाको लागि उप स्वास्थ्य केन्द्र, आँगनवाडी केन्द्र, शिशु शिक्षा केन्द्र, स्कूल, सार्वजनिक भवनतिर शुध्द पानी पिउनलाई राखिने भएको जानकारी गराएका छन्। त्यसरी नै खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु छेत्री प्रधानले पत्रकारहरुलाई सम्बोधन गर्दै खरसाङ खण्ड पञ्चायत समितिको सदस्यहरुले फिफ्टिन फाईनेन्स अन्तर्गत २०२३-२४ मा आफ्नो क्षेत्रमा वाटर फिल्टरहरु चाहिने भनीे मांग गरेका थिए र नै आज खरसाङ खण्डका चारवटा ग्राम पञ्चायतको उप स्वास्थ्य केन्द्र, आँगनवाडी केन्द्र, शिशु शिक्षा केन्द्र, स्कूल, सार्वजनिक भवनतिर शुध्द पानी पिउनलाई वाटर फिल्टरहरु वितरण गरिएको बताएका छन्। उनले अरु सदस्यहरुले वाटर फिल्टर मांग गरेमा फेरि वितरण गरिने जानकारी गराएकी छन्। उनले यो आरओ वाटर फिल्टर लगाएको ठाउँमा बग्ने पानी हुनुपर्छ भनी बताएकी छन्।