अजिंक्य रहाणे आईपीएलको आउँदो सीजनमा केकेआर-को कप्तान बन्ने सम्भावना

IMG-20241203-WA0210

काेेलकत्ता: भारतका अलराउण्डर भेंकटेश अय्यरले काेलकत्ता नाइट राइडर्स (केकेआर)-को नयाँ कप्तान बन्न आफ्नो दावेदारी पेश गरेका थिए तर फ्रेञ्चाइजीले केही घण्टाभित्रै उनको दावेदारीलाई खारेज गऱ्यो। भेंकटेशलाई केकेआर-ले आईपीएलको मेगा लिलामीमा २३.७५ करोड़ रुपियाँमा किनेको थियो। अलराउण्डरको निम्ति करोड़ौं रुपियाँ खर्च गरे पनि केकेआर उनलाई कप्तान बनाउने मूडमा छैन। सूत्रबाट थाहालागे अनुसार, फ्रेञ्चाइजीले कप्तानको भूमिका अजिंक्य रहाणेलाई सुम्पिने फसेला गरेको छ। रहाणे रणजी ट्रफीमा मुम्बईको कप्तान हुन्। यसरी २०२०-२१-को अष्ट्रेलिया यात्रामा भारतले उनकै कप्तानीमा ऐतिहासिक सीरीज जितेको थियो अनि अहिले उनी आईपीएलमा कप्तानी गर्न तयार छन्। रहाणेलाई मेगा लिलामीमा केकेआर-ले १.५ करोड़ रुपियाँमा खरीद गरेको थियो। सूत्रले बताएअनुसार, अहिले रहाणेले केकेआर-को कप्तानी सम्हाल्ने ९० प्रतिशत सम्भावना छ। केकेआर-ले उनलाई विशेषहरी कप्तानीको निम्ति एउटा असल विकल्पको रूपमा खरीद गरेको थियो। यसरी भेंकटेश रहँदा-रहँदै पनि रहाणेलाई कप्तान नियुक्त गर्ने केकेआर-को फसेला आश्चर्यले भरिएको रहेको छ कारण उनी आईपीएलको आउँदो सीजनमा कप्तानी गर्न तयार छन्। यसबाहेक युवा अलराउण्डरले खेलको गतिशीलता पनि बुझ्छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement