तनिष्क प्रस्तुत गर्यो ‘रिवाह एक्स तरुण तहिलियानी’ को दोस्रो संस्करण

Image-5-2nd-Edition-Rivaah-x-Tarun-Tahiliani

बेहुलीका शानदार गरगहना र आधुनिक प्रगतिशील बेहुलीको सम्मानमा नयाँ संग्रह

कोलकाता: सहकार्यको पहिलो संस्करणलाई प्राप्त ठूलो सफलता पछि तनिष्कको एक्सक्लुसिभ वेडिङ सब-ब्राण्ड रिवाहले प्रख्यात डिजाइनर तरुण तहिलियानीसँग विशेष सहकार्य गर्दै ‘रिवाह एक्स तरुण तहिलियानी’ को दोस्रो संस्करणको घोषणा गरेको छ। यो नयाँ संग्रह आधुनिक भारतीय बेहुलीको विशेषता झल्काउने छ, जसले परम्परागत मूल्यलाई आधुनिकतासँग जोड्ने काम गर्छl त्यसैको आधारमा तयार पारिएको छ। यी डिजाइनहरू न केवल नयाँ प्राथमिकता र रुचिलाई समेट्छन्, तर प्रगतिशील भारतीय बेहुलीको कालातीत सुन्दरताको पनि सम्मान गर्छन्।

तनिष्कको नाजुक कारीगरी र तरुण तहिलियानीको कलात्मक कौशलले यस वर्षको संग्रहलाई परम्परा र आधुनिकताको मेलमिलाप गराएको छ। यो संग्रह दुई प्रमुख विषयवस्तुहरू—फूलचादर (खुशी, समृद्धि र पवित्र शुरुवातको प्रतीक) र ड्रेप स्टोरी (स्त्रीत्व र सांस्कृतिक गौरवको प्रतीक)बाट प्रेरित छ।

यसमा सुनमा नाजुक कारीगरी गर्दै फूलका कलि र फुल्ने फूलसम्मका फ्लोरल मोटिफ र तरुण तहिलियानीका फ्लुइड डिजाइनबाट प्रेरित ड्रेप्स समावेश गरिएको छ। आधुनिकता र परम्परागत कलाको यो अद्वितीय संगम बेहुलीलाई कालातीत सुन्दरताको भव्यता प्रदान गर्दछ। यी गरगहनाहरू बेहुलीको यात्राको नाजुक र अद्वितीय सुन्दरतालाई झल्काउँछन्। प्रत्येक गहना आधुनिक सोच भएकी बेहुलीको व्यक्तित्व झल्काउँछ। ग्लास कुन्दन र सुनमा अत्यन्त कुशलताका साथ बनेका यी डिजाइनहरू कला र कालातीत सौन्दर्यको फ्यूजन हुन्।

भारतीय विवाहको सम्मानमा प्रस्तुत गरिएको यो संग्रहले आत्मविश्वासी र परम्परागत बेहुलीलाई लक्षित गरेको छ। यो आरामदायक र स्टाइलिश हुनुका साथै, प्रत्येक प्रसंगलाई अविस्मरणीय बनाउने उद्देश्यले डिजाइन गरिएको छ। तरुण तहिलियानीको प्रभावले संग्रहमा एम्ब्रोइडरीको महिमा थपेको छ। सांस्कृतिक गहिराई चाहने र विशेषता खोज्ने बेहुलीहरूका लागि यो एउटा भव्य र आकर्षक विकल्प हो। गुलुबन्द, हार, पेन्डेन्ट, हातफूल, औंठी, मागटिका जस्ता ८० भन्दा बढी प्रकारका डिजाइन्स यो संग्रहमा उपलब्ध छन्।

रिवाह एक्स तरुण तहिलियानी को दोस्रो संस्करणको सुरुवातमा टाइटन कम्पनी लिमिटेडकी चीफ डिजाइन अफिसर सुश्री रेवती कांतले भनिन्, “पहिलो सहकार्यको सफलता पछि, हामी आधुनिक भारतीय बेहुलीलाई ध्यानमा राख्दै रिवाह एक्स तरुण तहिलियानीको दोस्रो संस्करण ल्याउँदै गर्दा धेरै खुशी छौं। यो संग्रह तरुण तहिलियानीको सिग्नेचर एम्ब्रोइडरीबाट प्रेरित भई, कालातीत सौन्दर्य र आधुनिक प्राथमिकताको समायोजन हो।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement