ट्रक र सब्जी बोकेको गाडी ठोक्किँदा तीन जनाको मृत्यु

IMG-20241203-WA0195

 उत्तर दिनाजपुर: ट्रक र सब्जी बोकेको गाडी एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। उत्तर दिनाजपुर जिल्लाको कांकीबाट सब्जी  बोकेको पिकअप भ्यान धुपगढी जाने बाटोमा दुर्घटनामा परेको छ। यस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। पुलिस यस विषयमा अनुसन्धानमा व्यस्त छ। यो दु:खद दुर्घटना मैनागढी थाना क्षेत्रको राष्ट्रिय राजमार्गको इन्दिरा चौराहेमा मंगलबार बिहान भएको हो। स्थानीय स्रोतका अनुसार आज बिहान मैनागढी हुँदै धुपगढी जाने क्रममा इन्दिरा चोकमा ट्रक र पिकअप भ्यानबीच ठोक्किएको हो।

दुर्घटनाको आवाज सुनेपछि स्थानीयवासीले दौडेर घाइतेलाई पिकअप भ्यानमा राखेर मैनागुरी अस्पताल पुर्याए जहाँ ड्युटीमा रहेका चिकित्सकले तीनैजनालाई मृत घोषणा गरे। मृत्यु हुनेमा पिकअप भ्यान चालक पवित्र पहान, अमिन टुडु र अगस्टिन बसरा रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement