यशस्वी र कोहली नयाँ रेकर्ड बनाउने संघारमा

IMG-20241203-WA0197

एडिलेड (अष्ट्रेलिया): भारतीय क्रिकेट टीम अष्ट्रेलियाविरुद्ध एडिलेडमा खेलिने डे-नाइट टेस्ट म्याचको निम्ति तयार छ। भारतको लक्ष्य अष्ट्रेलियामा लगातार दोस्रो जीतको साथ सीरीजलाई आफ्नो नियन्त्रणमा ल्याउनु हुनेछ। यसरी भारतीय ब्याटर यशस्वी जयसवाल र विराट कोहली चाहिँ महान सचिन तेन्दुलकर र सर डन ब्र्याडम्यानलाई पछि छोड़्ने प्रयासमा रहनेछन्। २२ वर्षीय यशस्वी रेकर्ड तोड़्ने होड़मा छन्। सालको अधिकांश समय नै घरेलु परिस्थितिहरूमा लगातार रन बनाएपछि यस युवा खेलाड़ीले पर्थमा पहिलो टेस्ट म्याचको अवधि १६१ रनको ईनिंग्स खेलेर अष्ट्रेलियाई परिस्थितिहरूमा विजय प्राप्त गरेका थिए। यस साल यशस्वीले अहिलेसम्म ५८.१८-को औसत र ७२.५२-को स्ट्राईक रेटले १२८० टेस्ट रन बनाएका छन्। यसमा ३ वटा शतक र ७ वटा अर्द्धशतक सामेल छ। यसमा उनको सर्वश्रेष्ठ स्कोर अविजित २१४ रन रहेको छ। एक क्यालेण्डर वर्षमा कुनै भारतीयद्वारा सर्वाधिक टेस्ट बनाउने सचिनको रेकर्ड तोड़्नदेखि युवा खेलाड़ी अहिले केवल २८२ रन पछि रहेका छन्। सचिनले साल २०१०-मा १४ वटा टेस्ट म्याचको २३ वटा ईनिंग्समा ७८.१०-को औसतले १५६२ रन बनाएका थिए, जसमा ७ वटा शतक र ५ वटा अर्द्धशतक सामेल थियो। उनको सर्वश्रेष्ठ स्कोर २१४ रन रहेको थियो। समग्रमा एक क्यालेण्डर वर्षमा सर्वाधिक रन बनाउने रेकर्ड पाकिस्तानका मोहम्मद यूसुफको नाममा रहेको छ, जसले २००६-मा ११ वटा म्याचको १९ वटा ईनिंग्समा ९९.३३-को औसतले १७८८ रन बनाएका थिए। उनले २०२-को सर्वश्रेष्ठ स्कोरको साथ ९ वटा शतक र ३ वटा अर्द्धशतक लगाएका थिए। यसबीच कोहली महान ब्र्याडम्यानको रेकर्डको बराबरी गर्नदेखि केवल एक शतक टाढ़ा रहेका छन्। कोहलीले अष्ट्रेलियाविरुद्ध उनीरूकै घरमा १० वटा इण्टरनेशनल शतक बनाएका छन् अनि अझ एउटा शतकले उनलाई ब्र्याडम्यानको बराबरीमा पुऱ्याउनेछ। ब्र्याडम्यानले आफ्नो करियरमा प्रतिद्वन्द्वी ईंग्ल्याण्डविरुद्ध उनीरूकै घरमा इण्टरनेशनल क्रिकेटमा ११ वटा शतक बनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement