सिलगढी: कोलकाताबाट सिलगढी जाँदै गरेको नाइट सुपर बसमा गाँजा तस्करीको आरोपमा एक जना पक्राउ परेका छन्। गोप्य सूचनाको आधारमा पुलिसले विधाननगर बस स्ट्यान्डको छेउमा रहेको राष्ट्रिय राजमार्ग ३१ मा सिलगढीबाट कोलकाता जाँदै गरेको नाइट सुपर बसमा छापा मारेर बसबाट गाँजा बरामद गर्यो।

यो नाइट सुपर बसमा गाँजा तस्करले आफ्नो शरीर वरिपरि प्लाष्टिकमा बेरेर गाँजा तस्करी गरिरहेको आरोप छ। तर गोप्य सूचनाका आधारमा पुलिसले यात्रुवाहक बसलाई रोकेर खोजी गरी गाँजा बरामद गरेपछि उनलाई पक्राउ गरिएको हो। पुलिसले खोजी गरेपछि उसले प्लाष्टिकमा बेरेर गाँजाको प्याकेट रहेको फेला पार्यो। ६ किलो गाँजा बरामद भएको छ, जसको बजार मूल्य करिब लाखौँ रुपियाँ रहेको छ। कथित पक्रा परेका व्यक्ति कोचबिहारको दिनहाटा निवासी चिरञ्जीत कार बताइएको छ, जसले यसरी गाँजा तस्करी गर्ने गरेको आरोप छl उनलाई सिलगढी अदालतमा पेश गरियो।