सिलगढी: डम्परको चक्काले किचेर एक महिलाको मृत्यु भएको छ। सिलगढी महकुमा परिषद अन्तर्गत फाँसीदेवा क्षेत्र कार्यालयको पीएमजी रोडमा आज दुर्घटना भएको छ। डम्पर चालकले लापरवाहीपूर्वक चलाएको कारण दुर्घटना भएको जनाइएको छ। स्थानीयले तत्कालै महिलालाई बचाएर गम्भीर अवस्थामा ग्रामीण अस्पताल पुर्याए। त्यसपछि डाक्टरले उनलाई उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा रेफर गरे। गम्भीर अवस्थामा ल्याउँदा चिकित्सकले महिलालाई मृत घोषणा गरे। घटनाको जानकारी पाएलगत्तै घटनास्थलमा पुगेका डम्पर चालकलाई पुलिसले नियन्त्रणमा लिएको छ। तर, सडकमा अवैध डम्पर चलाउँदा स्थानीयवासी भने असन्तुष्ट छन्। मृतक महिलाको नाम रुबिना खातुन (६५) बताइएको छ। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान शुरु गरेको छ।