पीभी सिन्धूले २२ दिसम्बरमा विवाह गर्ने

IMG-20241203-WA0139

नयाँ दिल्ली: दुईपल्टकी ओलम्पिक पदक विजेता भारतीय ब्याडमिण्टन खेलाड़ी पीभी सिन्धू २२ दिसम्बरमा उदयपुरमा विवाह बन्धनमा बाँधिनेछिन्। आइतवार लखनऊमा सैयद मोदी इण्टरनेशनलमा जीतको साथ लामो समयदेखि जारी खिताबको खड़ेरी समाप्त गर्ने पूर्व विश्व च्याम्पियन सिन्धूले हैदराबाद निवासी भेंकट दत्ता साईसँग विवाह गर्नेछन् जो पोसाइडेक्स टेक्नोलजीसका कार्यकारी निदेशक हुन्। सिन्धूका पिता पीभी रमनाले बताएअनुसार, दुई परिवारबीच लामो समयदेखि परिचय रहेको छ तर विवाहको कुरा एक महिना अघि मात्र तय भएको थियो। विवाहको निम्ति यो महिना मात्र सम्भावित समय थियो कारण जनवरीदेखि सिन्धूको कार्यक्रम चरम व्यस्त रहेको छ। यसैकारण दुवै परिवारले २२ दिसम्बरमा विवाह कार्यक्रम आयोजन गर्ने फसेला गऱ्यो। रिसेप्शन २४ दिसम्बरमा हैदराबादमा हुनेछ। त्यसपछि सिन्धूले आफ्नो अभ्यास शुरु गर्नेछिन् कारण आउँदो सत्र निक्कै महत्त्वपूर्ण रहनेछ। विवाहसँग सम्बन्धित कार्यकमहरू २० दिसम्बरदेखि शुरु हुनेछ। सिन्धूलाई भारतको सफलतम महिला एथलीटहरूमा एक मानिन्छ। विश्व च्याम्पियनशीपमा उनले २०१९-मा स्वर्ण पदकको साथमा जम्मा ५ वटा पदक जितेकी छन्। यसको साथमा उनले ओलम्पिक खेलहरूमा रजत र काँस्य पदक पनि जितेकी छन्। उनले २०१६-को रियो ओलम्पिकमा रजत र २०२०-को टोक्यो ओलम्पिकमा काँस्य पदक जितेकी थिइन्। यसरी २०१७-मा उनले करियरको सर्वश्रेष्ठ नम्बर एक ऱ्याङकिंग पनि हासिल गरेकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement