दार्जीलिङ: घूम जोरबंग्लो युनाइटेड क्लबको आयोजनमा म्याराडोना मेमोरियल कप फूटबल टुर्नामेण्ट सोमवारदेखि शुरु भयो। घूम स्कूल ग्राउण्डमा आज भएको टुर्नामेण्टको उद्घाटन म्याचमा सोनादा स्पोर्टिंग क्लबले बतासियालाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमका खेलाड़ी मानोफलाई प्लेयर अव् द म्याचको पुरस्कार प्राप्त भयो। आज उद्घाटन कार्यक्रममा मुख्य अतिथिको रूपमा सभासद (जीटीए) प्रोमोस्कर ब्लोन उपस्थित थिए। यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा २२ वटा टीमले हिस्सा लिएको छ। फाइनल २२ दिसम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५०,००० रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।