गान्तोक(सिक्किम): भारतको विविधताको खुशी मनाउने उद्देश्यले केन्द्र सरकारको निर्देश अनुसार राज्य र केन्द्र शासित प्रदेशहरूको स्थापना दिवस देशभरिका सबै राजभवनमा मनाइयो।
यस क्रममा २ दिसम्बरका दिन राजभवनमा असमको स्थापना दिवस आयोजन गरिएको थियो।
कार्यक्रममा असम राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यको भिडियो सन्देश प्रसारण गरिएको छ , उक्त भिडियो मार्फत असम प्रदेशको विविध संस्कृति, कला र इतिहासमाथि दर्शाइएको थियो। कार्यक्रममा राज्यपालका एडीसी सन्तोष बानियाले असमलाई सुन्दर प्रदेश बताउॅंदै प्रदेशका पर्यटन, इतिहास र महत्वपूर्ण संस्थानहरूको बारेमा जानकारी गराए। उनले साइबर क्राइमसॅंग सम्बन्धित मुद्दाहरूमाथि पनि चर्चा गरे।
सो कार्यक्रमको सञ्चालन पीआरओ ममता अवस्थीले गरेकी थिइन्। कार्यक्रममा धन्यवाद ज्ञापन एसआईए सन्दीप राईले गरेका थिए।