हर्नबिल फेस्टिवलमा सिक्किम र नागाल्याण्डका पर्यटन मन्त्री बिच भेटवार्ता

hornbill

गान्तोक: सिक्किम सरकारको पर्यटन एवं नागरिक उड्डयन विभाग मन्त्री छिरिङ थेन्डुप भोटियाले आज नागाल्याण्डको पर्यटन एवं उच्च शिक्षा मन्त्री तेमजेन इम्ना आलोङसॅंग नागाल्याण्डको किसामास्थित पर्यटक सूचना केन्द्रमा भेट गरे।
सो अवसरमा नागाल्याण्डको मुख्यमन्त्रीका सल्लाहकार अबू मेहता, सिक्किम राज्य पर्यटन विभागका प्रधान सचिव सीएस राव, आईपीआर विभागकी सचिव अन्नपूर्ण आले, मुख्यमन्त्रीका प्रेस सचिव योगेन तामाङ लगायतको उपस्थित थियाे।
सो भेटको क्रममा नागाल्याण्ड र सिक्किमबीच दिगो पर्यटन, सांस्कृतिक आदान प्रदान र अन्तर राज्यीय पर्यटनबारे बिचार बिमर्श गरे। मन्त्रीहरूले आ-आफ्नो राज्यको अद्वितीय सांस्कृतिक र प्राकृतिक सम्पदाको लाभ उठाउन साझेदारीको महत्त्वलाई जोड दिए।
यस अघि मन्त्री भोटियाले सिक्किम सरकारको पर्यटन एवं नागरिक उड्डयन विभागद्वारा जारी हर्नबिल फेस्टिवल २०२४ मा स्थापित किओस्कको भ्रमण गरेका थिए। मन्त्रीले सिक्किमको पर्यटन बिकासका सम्भावनाहरूलाई उजागर गर्न विभागका अधिकारीहरूले गरेका प्रयासहरूको सराहना गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement