१६औं रोलू दिवस तयारीबारे एसकेएम सांस्कृतिक बिभागको सभा सम्पन्न

IMG-20241020-WA0000

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चाको सांस्कृतिक बिभागको सभा बिभागीय उपाध्यक्ष प्रभारी टासी छिरिङ भोटियाको अध्यक्षतामा बस्यो।
सभा आयोजनको मुख्य उद्देश्य १६औं रोलू दिवसलाई भव्यतासँग पालन गर्न तथा यसबारे विस्तृत छलफल गर्न बसेको थियो। आइतवार सम्पन्न उक्त सभामा एसकेएम सास्कृतिक फाटका मुख्य पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।
सभामा बिभागका अध्यक्ष उत्तम प्रधान, उपाध्यक्ष डा. मनोज राई र बिभागका कार्यकारी सदस्यहरूको उपस्थिति रहेको थियो। सभाको आयोजनबारे जानकारी गराउँदै सास्कृतिक फाटका मुख्य संयोजक मनोज लामाका अनुसार, आगामी २१ दिसम्बरको दिन रोलू दिवसको विशाल जनभेला तथा कार्यक्रम आयोजनलाई लिएर विशेष तयारी गर्न सभा बोलाइएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement