गान्तोक: गेजिङ नयाँ बजार पुलिसले ड्रग्स सहित दुई जनालाई पक्राउ गरेको छ।पक्रा पर्नेहरूमा जोरथाङ निवासी निरज घिमिरे र अर्को जुविनायल रहेका छन्। आरोपीद्वयक मूल घर जोरथाङ रहेता पनि उनीहरू केही दिनदेखि नयाँ बजार सोरेङमा बस्दै आइरहेक थिए। पुलिसले उनीहरूले ड्रग्सको धन्दा गर्दै आइरहेको सूचना प्राप्त गरेपछि आरोपीको किरायाको कोठामा छापा मारेको थियो। छापा मार्ने क्रममा उनीहरूबाट १.०३ ग्राम्स ब्राउन सुगर, ७.७१ ग्राम्स गाँजा, ६२ वटा स्पास्मो प्रोक्सिवन क्याप्सुल र नगद १५ सय १० रूपियाँ फेला पारेको थियो। यस घटनाविरूद्ध पुलिसले सिक्किम एन्टी ड्रग्स एक्ट २००६ अन्तर्गत मुद्दा दर्ता गरेको छ।