१३ महिनापछि पर्यटकहरूका लागि खोलियो उत्तर सिक्किम

Best-Places-to-Visit-in-North-Sikkim-Gurudongmar-Lake-Tourism

गान्तोक: अन्तत: लगभग १३ महिनाको लामो अन्तरालपछि पर्यटकहरू अब उत्तर सिक्किमका प्रसिद्ध पर्यटक गन्तव्यहरू घुम्न पाउने भएका छन्। हिजो, एक दिसम्बरदेखि पर्यटकहरूलाई उत्तर सिक्किमको लाचेन, लाचुङ, युमथाङ भ्याली र गुरुदोङ्गमार लेक घुमघाम गर्नका लागि अनुमति दिन शुरू गरिएको छ।
अर्कोतिर, महिनौं बन्द भएपछि पर्यटकहरूका लागि खोलिएको उत्तर सिक्किममा पर्यटकहरूको घुइॅंचो लाग्न थालेको छ। हिजो पहिलो दिन ८ सय पर्यटकहरु लाचेन, लाचुङ, युमथाङ भ्याली र गुरुदोङ्गमार लेक पुगे। पर्यटकहरूमा बांग्लादेशी नागरिक पनि रहेका थिए।
यी प्रसिद्ध पर्यटन गन्तव्यहरूलाई जोड्ने टूङ नागा मार्ग १३ महिनापछि पुन: खोलिएको छ। उक्त मार्ग गत २९ नोभेम्बरका दिन खोलिएको हो तर एक दिसम्बरदेखि पर्यटकहरूका लागि अनुमति जारी गर्न शुरू गरिएको छ। उत्तर जिल्ला पर्यटक परमिट केन्द्रले पहिलो दिन एक सय २२वटा सवारी साधन उत्तर सिक्किम प्रवेश गरेको जानकारी गराए।
यस अघि पर्यटकहरू जङ्गू मार्ग भएर यी पर्यटक गन्तव्यहरू जाने गर्थे। तर, १२ जून, २०२४ देखि उक्त मार्ग बन्द रहेको छ। उत्तर सिक्किमको निम्ति यातायात पुन:बहाल भएपछि स्थानीय पर्यटन उद्योग फस्टाएर जाने आशाका साथ व्यवसायीहरूमा उत्साहको वाताबरण देखिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement