गान्तोक: ओभिया आर्ट सर्कल, सिक्किमले जनचेतना तथा विद्यार्थीहरूमा जागरूकता ल्याउन समय समयमा सुन्दरीकरणको स्वेच्छिक कार्यहरू गर्दै आइरहेको छ, जसमा धेरै जसो दुर्गम क्षेत्रका सरकारी विद्यालय सहित आईसीडीएस केन्द्रहरू रहेका छन्। यसै क्रममा अध्यक्ष दीपा राईको नेतृत्वमा सिङतामको जिल्ला अस्पतालमा स्वच्छताबारे इनडोर वालको सुन्दरीकरण गर्ने कार्य शनिबार र आइतबार आयोजना गरिएको जानकारी गराइएको छ।
राईले स्वास्थ्य क्षेत्रबाट पनि यसरी चित्रकलाप्रति जागरुक रहेकोमा अस्पतालका मेडिकल सुप्रिडेन्टेन्ट लगायत अन्य पदाधिकारीगणप्रति आभार व्यक्त गरिन्।
यस सुन्दरीकरण टोलीमा संस्थाका कलाकारहरुमा उपाध्यक्ष सागर सुब्बा, महासचिव दिवाकर लामिछाने, सक्रिय सदस्य किरण गुरूङ अनि विशेष गरि पश्चिम सिक्किम, गेजिङबाट चित्रकार विनोद दर्नालको पनि सहभागिता रहेको थियो।








