गान्तोक: सिक्किम राज्य सहकारी संघद्वारा वाणिज्य तथा उद्योग विभागको योजनाअन्तर्गत मौरी पालन र मह प्रशोधन प्रशिक्षण आयोजन गऱ्यो। यसको उद्घाटन सिकोनको सम्मेलन कक्षमा भएको थियो। यो पन्ध्र दिवसीय तालिम कार्यक्रमले सहभागीहरूलाई मह प्रशोधन प्रविधिको विस्तृत तालिम उपलब्ध गराउने छ। सिकोनका अध्यक्ष डा मङ्गलजीत राईले प्रशिक्षणार्थीहरुलाई सम्बोधन गर्दै मह प्रशोधन क्षेत्रको विश्वव्यापी मागमा जोड दिए। उनले तालिमलाई प्राथमिकतामा राखेर गुणस्तरीय उत्पादन क्षमता विकास गर्न आवश्यक क्षमता र ज्ञानले आफूलाई तयार बनाउने सुझाउ पनि दिए। राईले उत्पादनको मार्केटिङ र ब्रान्डिङ रणनीतिका बारेमा थप जानकारी दिँदै सहभागीहरूलाई यस क्षेत्रमा आफ्नो व्यवसाय स्थापना गर्न सहयोग गर्ने आश्वासन दिए। उनले उत्पादनको गुणस्तरमा ध्यान केन्द्रित गर्न र स्थानीय विकासलाई टेवा दिन दिगो परिवेश बनाउने कुरामा पनि जोड दिए। त्यसैगरी, सहकारिता विभागकी सचिव ग्लोरिया नाम्चुले प्रशिक्षण कार्यक्रममा सहभागीहरूलाई शुभकामना दिँदै लगनशीलतालाई प्रोत्साहन दिइन्। उनले तालिमको माध्यमबाट उपलब्ध विभिन्न सम्भावनामा जोड दिँदै आर्थिक उत्थान र थप आय आर्जनका अवसरहरूको लागि सामुहिक प्रयासको आवश्यकताबारे जोड़ दिए। सिकोनका मुख्य कार्यकारी अधिकारी फाडुङ भोटियाले तालिम कार्यक्रमको बारेमा संक्षिप्त परिचय दिदै सहभागीहरुलाई यस क्षेत्रभित्रमा थुप्रै अवसरहरु भएको उल्लेख गरे। उनले कृषक सशक्तिकरण गर्ने बताए। यसबाहेक सिकोनता सहायक निर्देशक बिमला छेत्रीले तालिम कार्यक्रमको महत्वबारे जानकारी दिए। उनले यो पहल विशेष गरी उद्यमशीलतालाई प्रेरित गर्न तयार पारिएको बताइन्।