जापानलाई पराजित गरी अण्डर-१९ एशिया कपमा जीतको खाता खोल्यो भारतले

IMG-20241202-WA0242

शारजाह: भारतले दुर्बल जापानलाई पराजित गरी अण्डर-१९ एशिया कप क्रिकेट टुर्नामेण्टमा जीतको स्वाद चाख्यो। ग्रुप ए-को पहिलो म्याचमा पाकिस्तानविरुद्ध पराजित हुने भारतले सोमवार खेलिएको एकतर्फी म्याचमा जापानलाई २११ रनले पराजित गर्यो। शारजाह क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै भारतले कप्तान मोहम्मद अमान (अविजित १२२)-को शतकको सहायताले ५० ओभरमा ६ विकेट गुमाएर ३३९ रन बनायो। त्यसपछि जापानले ५० ओभरमा ८ विकेट गुमाएर १२८ रन मात्र बनाउन सक्यो। जापानी टोलीबाट ओपनर ह्यूगो केलीले सर्वाधिक ५० रन बनाए। उनले १११ बल खेलेर ६ वटा चौका लगाए। यसबाहेक चार्ल्स हिञ्जेले ६८ बल खेलेर अविजित ३५ रन बनाए। यी दुईजना बाहेक निहार परमार (१४ रन)-ले मात्र १० भन्दा अधिक रन बाउन सके। भारतीय बलरहरूमा चेतन शर्मा, हार्दिक र केपी कार्थिकेयले २-२ विकेट हासिल गरे। यसअघि पहिला ब्याटिंग गर्दै भारतलाई कप्तान मोहम्मद अमानले सम्हाले, जसले ११८ बल खेलेर ७ वटा चौकाको साथ अविजित १२२ रन बनाए। भारतलाई ओपनर अयुष म्हात्रे र वैभव सूर्यवंशीले असल शुरुवात दिलाए। यी दुईजनाले पहिलो विकेटको निम्ति ४४ बलमा ६५ रन जोड़े। वैभव २३ रन बनाएर आउट भए। यसरी अर्द्धशतक पूरा गरेपछि आउट हुने म्हात्रेले २९ बल खेलेर ६ वटा चौका र ४ वटा छक्काको साथ ५४ रन बनाए। यसरी ८१ रनमा दोस्रो विकेटको पतनपछि कप्तान अमानले जिम्मेवारीको साथ खेल्न शुरु गरे। उनले आन्द्रे सिद्धार्थ (४८ बलमा ३५ रन) सँग तेस्रो विकेटको निम्ति ५८ रनको पार्टनरशीप गरे। सिद्धार्थ आउट भएपछि कप्तानले केपी कार्थिकेयसँग मिलेर चौथो विकेटको निम्ति १२२ रनको पार्टनरशीप गरी भारतलाई विशाल स्कोर तर्फ अग्रसर गराए। कार्थिकेयले ४९ बलमा ५ वटा चौका र एउटा छक्काको साथ ५७ रन बनाए। अन्तमा अमानले हार्दिक राजसँग सातौं विकेटको निम्ति ५० रनको अटूट पार्टनरशीप गरी टीमलाई विशाल स्कोरसम्म पुऱ्याए। हार्दिकले १२ बलमा अविजित २५ रन बनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement