काठमाण्डू: खेल हारेपछि कर्णाली याक्सका कप्तान सोमपाल कामीले भने: ‘राम्रो टार्गेट सेट गरेपछि अर्को टोलीलाई गाह्रो हुन्छ भनेर हामीले ब्याटिङ रोजेका हौं,’ ‘त्यसैले टस जितेर ब्याटिङ रोजेकोमा कुनै पश्चाताप छैन। खेल हारेकोमा त दु:ख लागिहाल्छ।’‘ कुनै एक खेलमा राम्रो गर्न सकेन भनेर जज गर्न मिल्दैन। यहाँको विकेट बुझ्नलाई समय लाग्छ।’