लेटाङ क्षेत्रमा चोरी आतंक

IMG-20241202-WA0221

लेटङ :मोरङको लेटाङ नगरपालिका वडा नम्बर ५ मा दैनिक रुपमा चोरीका घटना बढेका छन्।
पछिल्लो ३ महिनादेखि लगातार चोरीका घट्ना हुने गरेको भएता पनि हाल सम्म चोरी गर्ने ब्यत्ति पत्ता लगाउन सकिएको छैन।
लेटाङ ५ को ब्रदर्श सप्लायर्समा करिव ५५ हजार बरावरको सामान र पैसा चोरी भएको निवेदन प्रहरी संग छ। दुमि किराना पसलवाट ८० हजार वरावरको सामान र पैसा चोरी भयो। शिव राइको घरमा १८ तोला चाँदी र १ तोला सुन गरेर करिव २ लाख बरावरको चोरी भयो।
सावित्रा भण्डारीको किराना पसल फुटाएर सम्पुर्ण सामाग्री चोरी भयो। यी प्रतिनीधी चोरीका घट्ना हुन्। मोवाईल चोरी गर्ने, पर्स चोरी गर्ने, लत्ता कपडा चोरी गर्ने घट्ना त धेरै नै छन्। प्रहरीमा समेत लेटाङ ५ वाट २५ वटा भन्दा बढि चोरीका घट्नाका उजुरी हालै मात्र परेका छन्।
प्रहरीले हाल सम्म यस घट्नामा कुनै सफलता हासिल गर्न सकेको छैन। चोरी गर्ने ब्यक्ती पत्ता लगाउन अनुसन्धान गरिरहेपनि हाल सम्म फेला पार्न नसकिएको ईलाका प्रहरी कार्यालय लेटाङका प्रमुख राकेश रेग्मीले जानकारी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement