सिलगढी: प्रतिबन्धित कफ सिरपसहित सिलगढमा स्कूटी गिरोहका दुई सदस्यलाई प्रधान नगर पुलिस थानाले पक्राउ गरेको छ। अभियुक्तहरुको नाम राणा राय र राज बर्मन रहेका छन्। उनीहरु दुबै भक्तिनगर प्रहरी चौकी अन्तर्गत शिवरामपल्लीका बासिन्दा रहेको बताइएको छ।
प्रहरी स्रोत अनुसार सो स्कुटी गिरोहले सिलगढी सहरमा विगत केही दिनदेखि चोरी गर्ने घटनाले स्थानीयवासीलाई तनाव दिदै तनाब आएका थिए। सो स्कुटी गिरोहले सिलगड़ीको प्रधाननगर, माटिगारा र सिलगढी थाना क्षेत्रमा नम्बर प्लेट बिनाको स्कुटर लिएर लुटपाटका कैयौं घटनाहरू गरेका थिए। सो गिरोहले विशेषगरी महिलालाई लक्षित गर्ने गरेको बताइएको छ। सोही क्रममा प्रहरीले लुटपाट बाहेक यस गिरोहका सदस्य लागुऔषध ओसारपसारमा समेत संलग्न रहेको खुलासा गरेको छ। हिजो राति राणा राय र राज बर्मन प्रतिबन्धित कफ सिरपको कारोवार गर्न कालो रंगको स्कुटीमा सवार भई दार्जिलिङ मोड़बाट बजारतर्फ जाँदै थिए। सोही क्रममा गस्तीमा रहेका प्रधाननगर प्रहरी चौकीबाट खटिएका सफेद पोसाकमा रहेका प्रहरीले स्कुटर देखे। त्यसपछि प्रहरीले स्कुटरलाई रोक्न खोजेका थिए। तर अभियुक्त भाग्न खोजे।
त्यसपछि प्रहरीले स्कुटरलाई पछ्याउँदै आरोपीलाई बजारको माछा हाट नजिकै समातेका छन। यसैबीच, उनीहरुका साथ स्कुटरमा रहेको थैलीको खान तलासी गर्दा दुईवटा झोलाबाट ६० थान प्रतिबन्धित खोकीको सिरप बरामद गरिएको छ । सो क्रममा दुवै अभियुक्तलाई पक्राउ गरिएको छ।

उनीहरुसंग सोधपुछका क्रममा प्रहरीले दुवै आरोपी स्कुटी गिरोहका सदस्य भएको बताए। आज आरोपीहरूलाई सिलगढी अदालतमा पेश गरिएको छ। हाल प्रहरीले गिरोहका बाँकी सदस्यहरुको खोजी कार्य जारी राखेको बताए।








