गाेलाघाट (असम): बोकाखातमा जंगली हात्तीको आक्रमणमा परी एकजना व्यक्तिको मृत्यु भएको छ। सो घटना बोकाखात सम जिल्लाको बरजुरी बस्तीस्थित बील लाइनमा भएको हो। हात्तीले आक्रमण गरेपछि बरजुरी बस्ती निवासी भुटीका भन्ने हीरालाल ग्वाला (३८)- को घटनास्थलमै मृत्यु भएको छ। स्मरणीय रहोस , प्राय जसो काजीरंगा राष्ट्रिय उद्यानबाट आउने जंगली हात्तीले सो क्षेत्रमा उपद्रो मच्चाउने गरेको छ।
सो घटनापछि स्थानीय मानिसहरू बाहिर आए र जंगली हात्तीहरूको झुण्डलाई लखेटे। त्यसपछि मात्र पुलिसलाई सूचित गरे। तर स्थानीयहरू वन विभागका कर्मचारीहरू आउन ढिल्याई गरेकोमा रोष व्यक्त गरे। बोकाखात पुलिस पनि घटनास्थलमा पुगे, तर आक्रोशित भीड़लाई सम्झाउन सकेनन्। आक्रोशि स्थानीयहरुको समूह दण्डाधिकारी समक्ष पुगी मृतकको शवलाई पुलिसलाई बुझाई दिए।