म्याक्स लाइफ इन्स्योरेन्सले कोलकातामा मनायो ‘भरोसाको टुर’

Max-Life-Management-and-Kolkata-Life-Advisors-at-Victoria-Memorial-Bharose-ka-Tour-Kolkata

कोलकाता: म्याक्स लाइफ इन्स्योरेन्स कम्पनीले २८ नोभेम्बर, २०२४ मा कोलकाताका आफ्ना लाइफ एडभाइजर्सको नेतृत्वमा ग्राहकसँगको संलग्नताका लागि “भरोसाको टुर”को शुरुवाट गरेको घोषणा एक प्रेस विज्ञप्ति जारी गरेर बताएको छ। यो विशेष उत्सवले उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष एडभाइजर्सलाई चिन्हित गर्दै जनतासँग सजीव सम्बन्ध स्थापना गर्न र आर्थिक सशक्तिकरणमा जोड दिनेको प्रतिबद्धता झल्काउँछ भन्ने कुरा विज्ञप्तिमा बताएको छ। यस टुरको माध्यमबाट जनतालाई जीवन बीमाको महत्त्वबारे शिक्षित गरिंदैछ, उत्कृष्ट एडभाइजर्सलाई सम्मानित गरिंदैछ, र आर्थिक भविष्यलाई सुरक्षित बनाउन प्रोत्साहित गरिंदैछ।

प्रेस विज्ञप्तिमा बताएअनुसार,  यो पहलले ३३% एजेन्सी ग्रोथ हासिल गर्दै रु० ७२३ करोडसम्मको वृद्धिलाई टेवा पुर्‍याएका म्याक्स लाइफका एडभाइजर्सको महत्त्वपूर्ण भूमिकालाई रेखांकित गर्दछ। वित्तीय वर्ष २०२३-२४ मा ३८% वृद्धिसँगै एडभाइजरको संख्या १.२ लाख पुगेको छ। एडभाइजर्सको अथक प्रयासले ८९.३% को परसिस्टेन्सी रेसियो हासिल भएको छ, जसले विश्वास र दीर्घकालीन मूल्य प्रदान गर्ने क्षमताको प्रमाण दिन्छ। ‘भरोसाको टुर’ले यी उपलब्धिहरूको उत्सव मनाउँदै एडभाइजर्स र कम्पनीको शीर्ष व्यवस्थापन बीच संवादको अवसर प्रदान गर्दछ। यस कार्यक्रम अन्तर्गत ‘भरोसा च्याम्पियन्स’लाई पनि सम्मानित गरियो, जसले आफ्नो व्यावसायिक दृष्टिकोण र ग्राहकहरूसँगको विश्वासपूर्ण सम्बन्ध मार्फत आफूलाई प्रमाणित गरेका छन्। म्याक्स लाइफ इन्स्योरेन्सका चीफ डिस्ट्रीब्युशन अफिसर सुमित मदानले भने, ‘भरोसाको टुर’ पछिल्ला दुई दशकमा ग्राहक र लाइफ एडभाइजर्ससँग स्थापित स्थायी सम्बन्धहरूको उत्सव हो। रु० १,५०,८३६ करोडका एसेट्स अन्डर म्यानेजमेन्ट र रु० १७,७९,४०९ करोडका सम एश्योर्डसहित, यी उपलब्धिहरूले ग्राहकहरूसँग हाम्रो बलियो भरोसालाई देखाउँछ। यो सम्बन्ध हाम्रो एडभाइजर्सको विशेषज्ञता र समर्पणका कारण स्थापित भएको हो। समाजसँग जोडिने यो टुरले जीवन बीमालाई मनको शान्ति र स्थायित्वको आधारका रूपमा प्रस्तुत गर्दै सबै वर्गका ग्राहकका लागि सुरक्षा विस्तार गरेको छ।’

कोलकातामा ‘भरोसाको टुर’ साल्ट लेक सिटीस्थित म्याक्स लाइफको अफिसबाट प्रतीकात्मक रूपमा झन्डा फहराउँदै सुरु भयो र त्यसपछि शहरको प्रसिद्ध स्थान विक्टोरिया मेमोरियलसम्म पुग्यो। त्यहाँ शीर्ष भरोसा एम्बेसडर्सले प्रेरणादायक कथाहरू साझा गरे, जसले देखायो कि कसरी उनीहरूले मानिसहरूको जीवनमा सकारात्मक प्रभाव पारे। साथै, जीवन बीमाले आर्थिक स्थायित्वलाई प्रवर्द्धन गर्न कसरी परिवर्तनकारी भूमिका निर्वाह गर्दछ भन्ने कुरा पनि प्रकाश पारियो। साल्ट लेक सिटीस्थित म्याक्स लाइफको शाखामा पुन: फर्केर भरोसा एम्बेसडर्सले नेतृत्वसँग संवाद सत्र सञ्चालन गरे, जहाँ सहभागीहरूले एडभाइजर्स र कम्पनीको शीर्ष व्यवस्थापनसँग भेटघाट गरे। यस क्रममा म्याक्स लाइफका विभिन्न उत्पादनहरू र आर्थिक सुरक्षामा तिनको भूमिकाबारे जानकारी दिइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement