दार्जीलिङ: देश सुरक्षाका सर्वोच्च अधिकारी प्रथम सीडीएस शहीद विपिन रावत अनि उनको साथमा शहीद भएका दार्जीलिङ तकदाह चिया बगानका छोरा वीर शहीद हवल्दार सतपाल राईको तेस्रो पुण्यतिको पवन उपलक्ष्यमा आगमी ८ दिसम्बरमा युवा सर्जक दिलकस विद्याभूषण तामाङको रचनामा रहेको “तिम्रो उत्सर्ग” नामक गीत “मेरो भोइस युनिभर्स”का फाइनलिस्ट एंव प्रतिष्ठित युवा गायक साइराज खातीको स्वरमा रिलिज गरिने निश्चय भएको छ। वीर शहीद हवल्दार सतपाल राई अनि भारतका सम्पूर्ण वीर शहीदहरूप्रति समर्पित गरी तयार गरिएको उक्त गीतलाई वर्तमान युवा हाँचका उम्दा संगीतकार रवीन्द्र सुन्दासले संगीत दिएका छन्। “तिम्रो उत्सर्ग” नामक गीतसँगै दिलकस विद्याभूषण तामाङ अनि संगीतकार रवीन्द्र सुन्दासले युवा गायक लाक्पा छिरिङ तामाङको स्वरमा “ताजमहल” नामक गीतलाई पनि वीर शहीदहरूप्रति समर्पित गरेका छन्l उक्त गीतको पनि त्यसै दिन आधिकारिक रूपमा रिलिज गरिनेछ। दार्जिलिङको तकदाह कमान कटुसे गाउँमा स्थित शहीद सतपाल राईको प्रतिमा परिसरमा सम्पन्न हुने एक श्रध्दाञ्जली कार्यक्रमबाट सार्वजनिक गरिने “तिम्रो उत्सर्ग” गीतका निर्माणता समाजसेवी सन्तवीर सुब्बा रहेका छन्। उनी रंगली रंगलीयट खण्ड अन्तर्गत रंगली ग्राम पञ्चायतका हुन्। खरसाङको मेलोडी म्युजिक स्टुडियोमा रिकर्डिङ गरिएको उक्त गीतलाई संगीतकार महेश्वर लामाले संगीत संयोजन गरेका छन्। अर्कोतिर ताजमहल गीतलाई संगीतकार कर्म ग्याल्छेन बम्जनले संगीत संयोजन गरेका छन्,जसको निर्माणता शहीद सतपाल राईको धर्मपत्नी मन्दिरा राई अनि सुपुत्र विकल राई रहेका छन्। स्मरण रहोस्, भारतीय सेनाका प्रथम सीडीएस विपिन रावत, हवल्दार सतपाल राई अनि समुहको तामिनाडु स्थित कुन्नूर क्षेत्रमा विमान दुर्घटनामा परी ८ दिसम्बर २०२१ शहीद बनेका थिए। उनै वीर शहीदहरूको पुण्य स्मृतिमा यस वर्ष दुई गीतलाई समर्पित गरिएर रिलिज गरिने निश्चित भएको छ।