खरसाङ: दार्जीलिङ हिमालयन रेलवेको तीनधारेस्थित कारखानामा कार्यरत चारजना कर्मचारीहरुको बिदाई समारोह कार्यक्रम सम्पन्न गरियो।आयोजक समितिले उक्त कार्यक्रमको अध्यक्षको रुपमा कारखानाको फोरमेन सितांशु विश्वासलाई राखेका थिए भने प्रमुख अतिथिको रुपमा बिदायी चारजना कर्मचारीहरुलाई राखेका थिए। ती चारजना बिदायी कर्मचारीहरू क्रमैले प्रकाश छेत्री, सिनियर टेक्नीसियन अर्जुन रसाईली, सिनियर सेक्शन इन्जिनियर जीवन खवास, सिनियर सेक्सन इन्जिनियर र अरूण कुमार रसाइली सिनियर टेक्नीशियन रहेका छन्। प्रकाश छेत्री तीनधारे बजार क्रिकेट निवासी हुन्। उनी १० अप्रेल १९८५ सम्ममा उक्त तीनधारे कारखानामा ग्रुप डी पदमा नियुक्त भई पदोन्नति हुँदै प्राय: ३९ वर्ष ६ महिना २० दिन रेललाई सेवा पुरयाई ३० नोभेम्बर २०२४ को दिन अवकाश ग्रहण गरेका हुन्। त्यसरी नै अर्जुन रसाईली तीनधारे गोलाई पाखा निवासी (हाल खरसाङ) ले आसामको न्यू बागाई गाँव कारखानामा १९८७ सालदेखि ३ वर्षको एक्ट एप्रेन्टीस प्रशिक्षण पुरा गरी, १० दिसम्बर १९९२ सालमा खरसाङ प्रिटिंग प्रेसमा ग्रुप डी पदमा नियुक्ती भई पदोन्नति हुँदै सिनियर सेक्शन इन्जीनियर पदमा पुगी विगत १ अप्रेल २०१९ सालदेखि तीनधारे कारखानामा रेललाई सेवा ३१ वर्ष ११ महिना २० दिन पुरयाई ३० नोभेम्बर २०२४ को दिन अवकाश गरेका हुन्। त्यसरी नै जीवन खवास घैयाबारीको मानेडाँडा निवासी हुन्। उनले १८ फरवरी १९८५ सालमा तीनधारे रेलवे कारखानामा ग्रुप डी कर्मचारीको रुपमा नियुक्त भई पदोन्नति भएर सिनियर टेक्निशियनको रुपमा २९ नोभेम्बर २०२४ अवकाशप्राप्त भएका छन्। तेस्तै प्रकारले अरुणकुमार रसाईली राजीब नगर दार्जिलिङ मोड नजिक प्रधान नगर निवासी हुन्। उनी १६ अक्टोबर १९९६ मा तीनधारे रेलवे कारखानामा ग्रुप डी कर्मचारीको रुपमा नियुक्त भई पदोन्नति भएर सिनियर टेक्निशियनको रुपमा ३० नोभेम्बर २०२४ मा अवकाशप्राप्त भएका छन्। बिदाई चारैजना कर्मचारीहरुलाई उपस्थित सबैले खदार्पण गरेका थिए भने चारैजनालाई वाष्पचालित ईञ्जिनको मोडेल प्रदान गरिएको थियो। चारैजनाले आफ्नो वक्तव्यमा लामो समयदेखि कारखानामा काम गर्ने र सेवा गर्ने मौका पाएको बताउँदै सबैसित मिलेर यति लामो समयसम्म काम गरेको र यस अवधि हामीबाट केही भूल भएमा क्षमा गरिदिने बताएका छन्। उनीहरुले कारखानामा जुनियर कर्मचारीहरुले राम्रो काम गरेर अझ उन्नति गरेर लाने सुझाव दिएका छन्। कार्यक्रमलाई रेलवे कर्मचारी कुन्दन माझीले सञ्चालन गरेका थिए। कार्यक्रममा अध्यक्ष फोरमेन सितांशु विश्वासले बिदायी चारजना कर्मचारीहरुलाई अवकाशप्राप्त जीवन सुखमयी, रोगमुक्त, रहोस् भनी बताएका छन् भनी तीनधारेबाट रेलवे कर्मचारी नरेन बम्जनले जानकारी गराएका छन्।