खरसाङ विन्टर रन २०२४ को अन्तिम तयारीलाई खरसाङमा‌ समीक्षा सभा सम्पन्न

IMG-20241202-WA0188

खरसाङ: खरसाङ विन्टर रन २०२४ लाई लिएर अन्तिम तयारी गर्दै‌ आज खरसाङमा‌ सभा सम्पन्न भएको छ। खरसाङ महकुमा शासक आईएएस बिन्दाबासिनी तेजा दिपक उपस्थितमा सभासद श्याम शेर्पाको अध्यक्षता र खरसाङ महकुमा खेलकूद संघको सचिव निर्मल गुरुङको सञ्चालनमा सम्पन्न भएको छ। सभामा आगामी ८ दिसम्बरमा पहिलोपल्ट खरसाङमा हुने खरसाङ विन्टर रन २०२४ लाई लिएर तयारीको समीक्षा गरिएको छ।‌ सभामा खरसाङ महकुमा खेलकूद संघ, खरसाङ एथलेटिक क्लब, खरसाङ वन विभाग, खरसाङ एसोसिएसन फर् टुरिज्म एण्ड कन्जरभेशन कमिटीका पदाधिकारीहरु उपस्थित रहेका थिए।‌ सभामा सबैले आ-आफ्नो विचारहरु अभिव्यक्त गरेका थिए।‌ सभामा केन्याबाट आएका एकजना धाविका पनि उपस्थित रहेकी थिइन्। सभामा विशेष गरेर खरसाङ विन्टर रन २०२४ को तक्निकी विभागका प्रमुख प्रवेश थापाले विन्टर रन विषयमा उपस्थित सबैलाई अन्तिस तयारी र सबैको आफ्नो आफ्नो जिम्मेवारी विषयमा जानकारी गराएका छन्। सभामा जानकारी गराइए अनुसार खरसाङ विन्टर रनको लागि अहिलेसम्म ४५० जनाले सहभागिताको लागि पञ्जीकरण गराइएको र अब अनलाइन आवेदन बन्द गरिएको साथै अफ् लाइन आबेदन पनि केही समयको लागि खुल्ला रहेको बताइएको छ।‌ सभापछि खरसाङ विन्टर रन २०२४ विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ महकुमा शासक आईएएस बिन्दाबासिनी तेजा दिपक र सभासद श्याम शेर्पाले विस्तृत रुपमा जानकारी गराएका छन्। दुवैले खरसाङ विन्टर रन २०२४ मा धेरैले सहभागिता जनाउन पञ्जीकरण गरिसकेको बताउँदै यस विन्टर रनले खरसाङ क्षेत्रको पर्यटनलाई राम्रोसितले प्रमोट गर्ने साथै खरसाङलाई राम्रो हुने बताएका छन्। दुवैले यस विन्टर रनमा डाउहिल क्षेत्रमा धुप्पीको रुख र विभिन्न प्रजातिको चरा चुरुङ्गीहरुले धावकहरुलाई आनन्द दिने र पर्यटनलाई बढावा दिने पनि बताएका छन्‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement