चार्नोक अस्पतालले न्यू टाउनमा शुरु गर्यो  ईसीएमओ सेवा र दोस्रो क्याथ ल्याब सेवा

IMG-20241202-WA0007

कोलकाता: चार्नोक अस्पतालले न्यू टाउनमा आफ्ना बिरामीलाई थप सुविधा पुर्‍याउने उद्देश्यले ठूलो कदम बढाउँदै ईसीएमओ (एक्स्ट्राकोर्पोरियल मेम्ब्रेन अक्सीजनेशन) सेवा र दोस्रो क्याथ ल्याब सेवा शुरु गरेको एक प्रेस विज्ञप्तिमा बताएको छ। यो न्यू टाउन र यसको वरपरका क्षेत्रका हृदयसम्बन्धी उपचारको लागि एक महत्वपूर्ण उपलब्धि बताएको छ। प्रेस विज्ञप्तिमा बताइएअनुसार, ईसीएमओ प्रणालीले गम्भीर रूपमा बिरामी भएका रोगीहरूको हृदय र फोक्सोको कार्यलाई अस्थायी रूपमा प्रतिस्थापन गरेर सुधार गर्ने काम गर्छ, जसले जीवन-घातक अवस्थाहरूमा सुधारको आशा दिन्छ। चार्नोक अस्पताल न्यू टाउनको पहिलो अस्पताल हो जसले यस प्रकारको अत्याधुनिक सेवा प्रदान गर्दै बिरामीहरूको स्वास्थ्य सेवामा ठूलो कमी पूरा गरेको छ।

यस अस्पतालमा एचडी अईभीयुएस, एफएफआर/डीएफआर र रोटाप्रो जस्ता अत्याधुनिक प्रविधिहरूसँग सुसज्जित दोस्रो क्याथ ल्याब, एन्जियोग्राम र एन्जियोप्लास्टी जस्ता जीवन-रक्षी हृदयसम्बन्धी प्रक्रियाहरू सञ्चालन गर्न अस्पतालको क्षमता बढाउँछ। हालको समयमा अस्पतालको कार्डियोलोजी विभाग मासिक ४०० भन्दा बढी केस र वार्षिक ५,००० भन्दा बढी केसका साथ ‘शून्य’ अन-टेबल मृत्युदर राख्दै उत्कृष्टता को मानक स्थापित गर्दैछ।

मिडियासँगको कुराकानीमा चार्नोक अस्पतालका एमडी प्रशान्त शर्मा ले भने, “हामीलाई चार्नोक अस्पतालमा ईसीएमओ (एक्स्ट्राकोर्पोरियल मेम्ब्रेन अक्सीजनेशन) सेवा शुरु गर्न पाउँदा अत्यन्त खुशी लागेको छ। यस सेवाले बिरामीलाई अझ राम्रो प्रकारले हेरचाह गर्न सहयोग पुर्याउनेछ। यो प्रविधि गम्भीर हृदय र फोक्सोको असफलता भोगिरहेका रोगीलाई महत्वपूर्ण सहायता प्रदान गर्छ, जसले उनीहरूलाई निको हुने सम्भावना बढाउँछ। हाम्रो लक्ष्य भनेको गम्भीर रूपले बिरामी रहेका रोगीलाई सबैभन्दा महत्त्वपूर्ण क्षणहरूमा उच्चतम मापदण्डको हेरचाह प्रदान गर्नु हो। न्यूटाउन र यसको वरपरका बासिन्दाका लागि ईसीएमओ सेवा यसको पहिलो उपलब्धता हो।”

अत्याधुनिक प्रविधिहरूसँग सुसज्जित यस अस्पतालमा वरिष्ठ चिकित्सकहरूको उपस्थिति बीचमा यी सेवाहरूको उद्घाटनले स्वास्थ्य देखभालका मापदण्डलाई उच्च बनाउने र समुदायलाई अत्याधुनिक, सहानुभूतिपूर्ण उपचारको पहुँच सुनिश्चित गर्ने चार्नोक अस्पतालको प्रतिबद्धता प्रदर्शन गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement