अलिपुरद्वार: ८ वर्षीय दिव्याङ्ग बालकको पोखरीमा डुबेर मृत्यु भएको घटना प्रकाशमा आएको छ। तिनी मामाको घरमा घुम्न गएका थिए। उक्त घटना अलिपुरद्वारको फालाकाटा ब्लकको धनीरामपुर १ नम्बर ग्राम पञ्चायतको देवमाली इलाकामा घटेको हो। मृतक बालक अमित बर्मनको रूपमा चिन्हित गरिएको छ। अमित खेल्दा खेल्दै घरको छेउमै रहेको पोखरीमा डुबे तापनि कसैले पत्तो पाएनन्। यसपछि अमितको शव पोखरीमा तैरिरहेको अवस्थामा छिमेकीले देखे। उक्त घटनाले इलाकामा शोकको लहर छाएको छ। पुलिसले अस्वाभाविक मृत्युको मामिला दर्ता गरेर आज शव पोस्टमार्टमको लागि अलिपुरद्वार जिल्ला अस्पतालमा पठाएको छ।