पुलिसले शुरु गर्यो अवैध देशी रक्सी विरुद्ध अभियान

IMG-20241202-WA0174

सिलगढी: राज्यका विभिन्न भाग र गाउँमा अवैध रूपमा बनाइँदै आएको विषाक्त रक्सी सेवनबाट दिनहुँ आम नागरिकको ज्यान गएको खबर आएको छ। यस्ता घटना रोक्न फाँसीदेवा पुलिस चौकी र नक्सलबारी आब्कारी विभागले अभियान चलाएको थियो। आज, सिलगढी महाकुमा परिषद अन्तर्गत, फाँसीदेवा थानाको पुलिस र नक्सलबारी आबकारी विभागका अधिकारीहरूले छत्तरहाट क्षेत्रका विभिन्न गाउँहरूमा धेरै घरहरूमा छापा मारेका छन्। यी घरहरूमा अवैध रूपमा देशी रक्सी  बनाइएको थियो। छापा मार्दा रक्सी बनाउने सामाग्री नष्ट गरिएको छ। आगामी दिनमा पनि विभिन्न स्थानमा यस्ता कारबाही गरिने आब्कारी विभागका एसआई शिवाजी घोषले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement