सिलगढी: सिलगढी पुलिस आयुक्तालयको एनजेपी पुलिस स्टेशनले ठूलो सफलता हात पारेको छ। पुलिसले साना साना बालबालिकालाई प्रयोग गरि चोरी गर्ने अन्तरराज्यीय गिरोहको पर्दाफाश गरी मन्दिरमा भएको चोरीमा संलग्न चोरलाई पक्राउ गरेको छ। यससँगै मन्दिरमा चोरी भएको ४८ घण्टाभित्र चोरी भएका सबै गहनासमेत बरामद भएको छ। बिहारबाट यस राज्यमा प्रवेश गरेको एउटा गिरोहले मादक पदार्थ सेवन गरी ससाना बालबालिकालाई पैसाको प्रलोभनमा पारेर उनीहरुबाट चोरी गराउने गरेको आरोप छ। यस गिरोहका एक सदस्यलाई गत शनिबार राति सिलगढी नगरपालिकाको वार्ड नम्बर ३१ स्थित उज्ज्वल संघको अगाडि रहेको मन्दिरबाट देवताको मूर्तिका गहना चोरी गरेको एनजेपी थानाले पक्राउ गरेको छ। मन्दिरका पदाधिकारीले आइतबार बिहान एनजेपी पुलिस चौकीमा लिखित उजुरी दिएपछि एनजेपी थानाको सादा पोशाकका पुलिसले अनुसन्धान थालेको थियो। उजुरी भएको २४ घण्टाभित्र बिहारको लखीसराय निवासी एमडी सोनु केलाई एनजेपीले पक्राउ गरेको छ। उनको साथबाट मन्दिरबाट चोरी भएको चाँदीका गहना बरामद भएको छ। अनुसन्धानपछि बिहारको यो गिरोहले सिलगढी र वरपरका साना साना बालबालिकालाई पैसाको प्रलोभनमा पारेर यस्तो चोरी गर्ने गरेको पुलिसलाई थाहा भयो।
आरोपीलाई सोमबार जलपाईगढी अदालतमा पठाइयो।