सिलगढी: वैष्णोदेवी कटरा एक्सप्रेस ट्रेनबाट अवैध रक्सीका ४२ बोतल बरामद भएको छ। आइतबार साँझ ६:४२ बजे ट्रेन एनजीपी स्टेशनमा पुगेपछि आरपीएफ अधिकारीहरूले रेलबाट बोतलहरू बरामद गरे। यद्यपी यस घटनामा कोही पनि पक्राउ परेका छैनन्। रेलवे पुलिसले घटनाको अनुसन्धान गरिरहेको छ। बरामद रक्सीको अनुमानित बजार मूल्य रु० ९९१० रहेको बताइएको छ। ट्रेनको सामान्य डिब्बाबाट रक्सी बरामद गरियो।