ईंग्लिश प्रीमियर लीगः म्यानचेष्टर सिटीको लगातार चौथो हार, चेल्सी र म्यानचेष्टर युनाइटेड विजयी

photocollage_2024122131438668

लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबल प्रतियोगितामा म्यानचेष्टर सिटीले फेरि हारको सामना गर्नु पऱ्यो। यसबीच चेल्सी र म्यानचेष्टर युनाइटेडले चाहिँ फर्मलाई कायम राख्दै जीत हासिल गऱ्यो। आइतवार राति खेलिएको म्याचमा गत सीजनको च्याम्पियन म्यानचेष्टर सिटीलाई लिभरपूलले २-०-ले पराजित गऱ्यो। यो प्रीमियर लीगको जारी सीजनमा सिटीको लगातार चौथो हार हो। यसअघि टीमले केवल अगस्त २००८-मा लगातार ४ वटा म्याच गुमाएको थियो। यसबाहेक सबै प्रतियोगिता मिलाएर सिटीले गत ७ वटा म्याचदेखि जीत हासिल गर्न सकेको छैन अनि यसमा केवल एउटा ड्र सामेल छ। आफ्नो होम ग्राउण्ड एनफील्डमा ४३ प्रतिशत पोजेशनको साथ खेल्ने लिभरपूलबाट कोडी गाक्पोले १२औं मिनट र मोहामेद सालाहले ७८औं मिनटमा गोल गरे। यस जीतको साथै लिभरपूल १३ वटा म्याचमा ३४ पोइण्ट्सको साथ प्रीमियर लीग टेबलको शीर्ष स्थानमा कायम रह्यो। लिभरपूलसँग अहिले दोस्रो स्थानमा रहने आर्सनलभन्दा ९ पोइण्ट्स अधिक रहेको छ। यसरी पेप ग्वार्डियोलाको टीम म्यानचेष्टर सिटी चाहिँ लगातार हारपछि झरेर २३ पोइण्ट्सको साथ पाँचौं स्थानमा रहन पुग्यो।
यसरी चेल्सीले आफ्नो होम ग्राउण्डमा एस्टन भिल्लालाई ३-०-ले पराजित गऱ्यो। स्टामफोर्ड ब्रीज मैदानमा ६५ प्रतिशत पोजेशनको साथ खेल्ने चेल्सीबाट निकोलस जेक्सनले सातौं, एञ्जो फर्नाण्डेजले ३६औं र कोल पाल्मरले ८३औं मिनटमा गोल गरे। यस जीतपछि चेल्सी २५ पोइण्ट्स लिएर गोल अन्तरको आधारमा तेस्रो स्थानमा रहन पुग्यो। एस्टन भिल्ला (१९ पोइण्ट्स) १२औं स्थानमा रहेको छ। यसबाहेक म्यानचेष्टर युनाइटेडले एभर्टनविरुद्ध ४-०-ले सजिलै जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्ड ओल्ड ट्रेफर्डमा ६० प्रतिशत पोजेशनको साथ खेल्ने युनाइटेडबाट मार्कस रासफोर्ड र जोशुआ जिर्कजीले २-२ गोल गरे। यसमा रासफोर्डले ३४औं र ४६औं मिनटमा गोल गरे। यसरी जिर्कजीले ४१औं र ६४औं मिनटमा गोल गरे। यस जीतपछि म्यानचेष्टर युनाइटेड १९ पोइण्ट्सको साथ नवौं स्थानमा रह्यो। टोटनह्यामलाई चाहिँ फूलह्यामले १-१-को ड्र-मा रोक्यो। आफ्नो होम ग्राउण्डमा ५२ प्रतिशत पोजेशनको साथ खेल्ने टोटनह्यामबाट ब्रेनान जनसनले ५४औं मिनटमा गोल गरे। यसरी फूलह्यामबाट टम कायर्नीले ६७औं मिनटमा गोल गरे। गोल गरेको १६ मिनटपछि कायर्नीले रेड कार्ड पनि देखे। टोटनह्याम अहिले २० पोइण्ट्सको साथ सातौं स्थानमा रहेको छ। यसरी दशौं स्थानमा रहने फूलह्यामँग १९ पोइण्ट्स रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement