धुबड़ी(असम): असम राज्य महिला आयोगको दुई सदस्यीय टीम धुबड़ी जेलमा पुगेका छन्। टीममा आयोगकी उप निदेशक नीलिमा देवी र सदस्य परमी दास सामेल छन्। उनीहरू जेलमा भएको एकजना महिला वार्डनको उत्पीड़नको मामिलाको जाँचको लागि धुबड़ी पुगेका हुन्।
आयोगको टीमले धुबड़ीको आवर्त भवनमा शीर्ष पुलिस अधिकारीहरू, जाँच टीम अनि पीड़ित महिला वार्डनसित बन्द कोठाभित्र अलग-अलग बैठक गऱ्यो।
महिला आयोगकी उप – निदेशक नीलिमा देवीले दाबी गरिन्, धुबड़ी जिल्ला जेलमा महिला वार्डनसित बलात्कार गर्ने प्रयास गरिएको प्रमाण अनि गवाही प्राप्त भएको छ। उनले धुबड़ी जिल्लाका अधीक्षक प्रशान्त राजबंशीलाई पक्राउ गर्नुपर्ने सिफारिस पनि गरेकी छन्। उनले भनिन्, आवश्यकता परे उनले यस सम्बन्धमा मुख्यमन्त्रीसित पनि कुरा गर्नेछन्। महिला आयोगकी उप निदेशकले जेलभित्र महिलामाथि शारीरिक प्रहार, बलात्कारको प्रयास अनि धम्की दिँदा दिँदै पनि जेल अधीक्षकविरूद्ध कारबाही नभएकोमा असन्तुष्टि व्यक्त गरिन्।
नीलिमा देवीले यो पनि भनिन्, पीड़ितालाई न्याय दिलाउनको लागि आवश्यकता परे महिला आयोगले मुख्यमन्त्रीमाथि दबाव दिनेछ। उनले पुलिससित तत्काल कारबाही गर्ने आग्रह गरिन्, किनभने जिल्ला अधीक्षक दुईपटक बोलाउँदा पनि आएनन्।