गान्तोक: राजस्थानको सादुलशहर उपखण्डमा पूर्व मन्त्री स्वर्गीय गुरजन्ट सिंह बराड़ र प्रद्युम्न कुमारको निधनमा राज्यपाल ओम प्रकाश माथुर शोक व्यक्त गर्न पुगे।
उक्त जानकारी राजभवनले आज प्रेस विज्ञप्तिमा दिएको छ।
सादुलशहरमा राज्यपालले स्व. प्रद्युम्न कुमारको निधनमा शोक एवं गहिरो समवेदना व्यक्त गरे। उनले स्व. प्रद्युम्नलाई नमन गर्दै उनको चित्रमा पुष्पाञ्जली अर्पित गरे। यस अवधि राजस्थानकी पूर्व मुख्यमन्त्री वसुन्धरा राजे पनि उपस्थित थिइन्।
यसपछि राज्यपाल बराड़ परिवारको निवास पुगे। यहॉं उनले पूर्व मन्त्री स्व. गुरजन्ट सिंह बराड़को शोक सन्तप्त परिवारप्रति आफ्नो समवेदना व्यक्त गरे। उनले स्व. बराड़लाई नमन गर्दै उनको चित्रमा पुष्पाञ्जली अर्पित गरे।