सिक्किम बीर गोर्खा पूर्व सैनिक कल्याण संघको पाँचौ स्थापना दिवस पालन

IMG-20241201-WA0244

गान्तोक: सिक्किम बीर गोर्खा पूर्व सैनिक कल्याण संघक पाँचौ स्थापना दिवस आज सिङतामस्थित नेपाली धर्मशालामा भव्यरूपमा पालन गरियो। यस अवसरमा राज्यका ग्रामीण प्रबन्धन विकास विभाग मन्त्री अरूण उप्रेती मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री उप्रेतीले विश्वको इतिहासमा गोर्खा सैनिकहरूले अहिलेसम्म जुन प्रकारको छवि बनाउन सक्षम बनेको छ, त्यसलाई कायम राख्नको निम्ति सबैले सोच्नु पर्ने सुझाउ दिए। विशेष गरेर गोर्खा रेजिमेन्टमा हाल गोर्खा युवाहरूको भर्नामा कमी आएपछि अन्य समुदायलाई पनि यसमा भर्ना गरिरहेकोमा उनले चिन्ता व्यक्त गरे। गोर्खा युवाहरूलाई सेनामा भर्न गराउनको निम्ति गाउँ गाउँमा गएर सचेत गराउँदै उनीहरूलाई सैनिक भर्नामा प्रोत्साहित गर्नुपर्ने सुझाउ राखे। सैनिकहरूले सीमामा आफ्नो ज्यानलाई न्यौछार गर्दै राज्य साथै देशवासीको हितमा आफ्नो कर्तव्य निर्वाह गरिरहेको हुनाले राज्य साथै देशका मानिसहरूले निर्धक भएर सुत्न पाएको बताए। यस संस्थाले पाँच वर्षको छोटो अवधिमा उल्लेखनीय कामहरू गरेकोमा उनले खुशी प्रकट गर्दै यसलाई निरन्तरता दिनु पर्ने आग्रह गरे। वर्ष २०१९मा स्थापना भएको यस संस्था सामाजिक कार्यमा सदैव सक्रिय रहने गरेको र राज्यलाई आइपरेको संकटको समयमा सदैव अघि आएर सहयोगको हात बढाउने गरेको पनि उनले आफ्नो सम्बोधनमा उल्लेख गरे। संस्थाले राखेको मागहरू धेरै मात्रमा पुरा भइसकेको र थाँतीमा रहेको मागबारे राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङसमक्ष राख्ने उनले कार्यक्रममा उपस्थित पूर्व सैनिकहरूलाई आश्वासन दिएका छन्। कार्यक्रममा देशको निम्ति वलिदान दिने बहादुर सैनिकहरूको स्मरणमा एक मिनटको मौन धारण गर्दै उनीहरूको परिवारलाई सम्मान जनाइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement