गान्तोक: विश्व एड्स दिवसको अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङले सामुहिक प्रयासहरूद्वारा एचआईभी/एड्सलाई नियन्त्रण गर्न सकिने उल्लेख गरेका छन्। हरेक वर्ष १ दिसम्बरमा मनाइने विश्व एड्स दिवसले एचआईभी र एड्सबारे जनचेतना जगाउन, विश्वव्यापी प्रगतिबारे सोच्न र यस रोगको उन्मूलनका लागि आवश्यक कदम चाल्न महत्त्वपूर्ण स्मरण गराउने बताए। यस अवसरमा तामाङले सबैलाई एचआईभी/एड्सविरुद्धको लडाइँमा हातेमालो गर्न आग्रह गरेका छन्। मुख्यमन्त्रीले उल्लेख गरेअनुसार एचआईभी रोकथाम र उपचार योग्य छ भनेर मानिसहरूलाई शिक्षित गर्न आवश्यक छ। एचआईभी संक्रमितहरूको साथमा रहनेहरूको जीवनमा असर पार्ने कलंकलाई सम्बोधन गर्नु पनि त्यत्तिकै महत्त्वपूर्ण रहेको उल्लेख गरेका छन्। यसले विभिन्न बाधाहरू सिर्जना भए तापनि सामुहिक प्रयासले निदान गर्न सकिने बताएका छन्। यस दिनलाई एचआइभी संक्रमणको अन्त्य गर्ने हाम्रो प्रतिबद्धतालाई नवीकरण गर्न र एचआईभी संक्रमित व्यक्तिहरूलाई अटुट सहयोग प्रदान गर्ने उनले बताएका छन्। मुख्यमन्त्रीले नागरिक समाज, शिक्षाविद्व र सञ्चार माध्यमलाई यसको रोकथाम र समझदारीका बारेमा जनतालाई शिक्षित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न अपिली गरे। मुख्यमन्त्रीले सबैको समन्वयमा सामुहिक प्रयासहरूद्वारा यस रोगलाई नियन्त्रण गर्न सक्छौं र एक स्वस्थ एवं मजबुत सिक्किमको निर्माण गर्न सक्छौं, उनले आफ्नो सन्देशमा भने।