गान्तोक: सत्तारूढ सिक्किम क्रान्तिकारी मोर्चा पार्टी (एसकेएम) कानुनी प्रकोष्ठको राज्य कार्यकारिणी समिति टोलीले पार्टीका सेक्रेटरी जेनरल तथा ग्रामीण विकास विभागीय मन्त्री अरुण उप्रेतीसँग बैठक गरे। प्रकोष्ठका उपाध्यक्ष प्रभारी अधिवक्ता राजेन्द्र उप्रेती अनि अधिवक्ता टेम्पो ग्याछो भोटियाले सेक्रेटरी जेनरल उप्रेतीसँग शिष्टाचार भेट गरेका हुन्। पार्टी र कानुनी प्रकोष्ठलाई हरेक तहमा सुदृढ गर्ने रणनीतिबारे छलफल गर्नका लागि भेटघाट केन्द्रित थियो। अध्यक्ष अधिवक्ता टेम्पो ग्याछो भोटियाले मन्त्री उप्रेतीलाई विविध पहलका बारेमा अवगत गराउँदै प्रकोष्ठको कार्यकारिणी र पार्टी अध्यक्ष एवम् मुख्यमन्त्रीसँगको बैठकका लागि अनुरोध गरे। मन्त्री अरुण उप्रेतीले प्रकोष्ठका सदस्यहरुलाई स्वागत गर्दै उनीहरुको पहलमा पूर्ण सहयोग गर्ने आश्वासन दिए। उनले पार्टीको योजनालाई अघि बढाउन कानूनी प्रकोष्ठको महत्त्वलाई जोड दिँदै सदस्यहरूलाई मुख्यमन्त्रीको परिकल्पना सुनौलो, समृद्ध सिक्किमलाई सहयोग गर्ने विचार राखे।