हि-पातलमा कुन्जाङ छोखोरलिङ गुम्बाको शिलान्यास

IMG-20241201-WA0239

गेजिङ: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा, हि-पातलमा कुन्जाङ छोखोरलिङ गुम्बाको ऐतिहासिक शिलान्यास कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। यो पवित्र कार्य सर्दुप डुङ्गजिङ रिन्पोछेको मार्गदर्शनमा आयोजना गरिएको थियो। कार्यक्रममा मुख्यमन्त्रीकोसाथमा गेजिङ बर्मेक निर्वाचन क्षेत्रका विद्यायक एवं सल्लाहकार लोकनाथ शर्माको पनि उपस्थित थियो। कुन्जाङ छोखोरलिङ गुम्बा स्थानीय बौद्ध समुदायको धार्मिक, सांस्कृतिक र आध्यात्मिक विकासका लागि महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ। यो गुम्बा स्थानीय तथा क्षेत्रीय स्तरमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न मद्दत गर्नेछ भने आध्यात्मिक शान्ति र सांस्कृतिक पहिचान संरक्षणको केन्द्रबिन्दु बन्ने अपेक्षा गरिएको छ। गुम्बा निर्माणले समुदायमा सकारात्मक प्रभाव पार्ने धर्म, संस्कृति, र परम्पराको महत्वलाई जोड दिन र गुम्बाको निर्माण कार्यमा सरकारको पूर्ण सहयोग रहने थाहा लागेको छ। सर्दुप डुङ्गजिङ रिन्पोछेको उपस्थितिले कार्यक्रममा आध्यात्मिक गरिमा थपेको थियो। रिन्पोछेले गुम्बाको निर्माणले धर्म, शान्ति र सौहार्दको प्रवर्द्धन गर्ने उल्लेख गर्दै यसलाई सामुदायिक सहकार्यको उदाहरणको रुपमा व्याख्या गरेका छन्। यो ऐतिहासिक शिलान्यासले हि पातललाई नयाँ धार्मिक पर्यटनको गन्तव्यको रुपमा चिनाउने मार्गप्रशस्त गर्नेछ। यस परिसरमा निर्माण गरिएका आठवटा छितेनको (माने) को उद्घाटन गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement