लखनऊ: विश्वकी पूर्व नम्बर एक खेलाड़ी पीभी सिन्धूले सैयद मोदी इण्टरनेशनल ब्याडमिण्टन सुपर ३०० टुनमिण्टमा महिला एकलको खिताब जितिन्। यस जीतको साथै सिन्धूले लामो समयदेखि जारी खिताबी जीतको खड़ेरीलाई पनि समाप्त गरिन्। आइतवार खेलिएको महिला एकलको फाइनलमा दुईपल्टकी ओलम्पिक पदक विजेता सिन्धूले चीनकी वू लुओ यू-लाई २१-१४, २१-१६-ले पराजित गरी टुर्नामेण्टमा तेस्रोपल्ट खिताब जितिन्। उनी यहाँ यसअघि २०१७ र २०२२-मा पनि च्याम्पियन भएकी थिइन्। सिन्धूले यसअघि आफ्नो अन्तिम खिताब जुलाई २०२२-मा सिंगापुर ओपनमा जितेकी थिइन् । यसरी पुरुष एकलमा भारतकै लक्ष्य सेनले पेरिस ओलम्पिकको निराशाजनक प्रदर्शनलाई भुलेर खिताब जिते। आइतवार खेलिएको पुरुष एकलको फाइनलमा २३ वर्षीय भारतीय शट्लरले सिंगापुरका जिया हेंग जेसन तेहलाई ३१ मिनटमा २१-६, २१-७-ले सजिलैसँग पराजित गरे। सैयद मोदी इण्टरनेशनलमा यो लक्ष्यको पहिलो खिताब हो।