डे-नाइट अभ्यास म्याचमा भारतको जीत

IMG-20241201-WA0233

केनबरा: भारतले वर्षाले वाधा पुऱ्याएको दुईदिने डे-नाइट अभ्यास म्याचमा अष्ट्रेलियाको पीएम (प्राइम मिनिष्टर) इलेवेनलाई ६ विकेटले पराजित गऱ्यो। मानुका ओवल मैदानमा वर्षाले गर्दा शनिवार म्याचको पहिलो दिन कुनै खेल हुन सकेन। यसैकारण आज म्याचलाई ४६-४६ ओभरको प्रारूपमा खेलिएको थियो। म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै पीएम इलेवेन ४३.२ ओभरमा २४० रन बनाएर अलआउट भयो। पीएम इलेवेनबाट ओपनर सेम कोन्सटासले सर्वाधिक १०७ रन बनाए। उनले ९७ बल खेलेर १४ वटा चौका र एउटा छक्का लगाए। यसबाहेक हान्नो जेकब्सले ६१ अनि ज्याक क्लेटनले ४० रनको योगदान दिए। स्थानीय टीमले एक समय १३८ रनमै ७ विकेट गुमाइसकेको थियो तर कोन्सटासले जेकब्ससँग आठौं विकेटको निम्ति ६७ रनको पार्टरशीप गरी टीमलाई सम्हाले। भारतीय बलरहरूमा हर्षित राणाले सर्वाधिक ४ विकेट लिए। त्यसपछि भारतले चोटमुक्त शुभमन गिलको अर्द्धशतक बाहेक ओपनर यशस्वी जयसवाल, नितिश कुमार रेड्डी र वाशिंगटन सुन्दरको उत्कृष्ट ब्याटिंगको सहायताले म्याच जित्यो। यसमा गिल ६२ बल खेलेर ७ वटा चौकाको साथ ५० रन बनाएर साथी खेलाड़ीहरूलाई मौका दिन रिटायर्ड नटआउट भए। जयसवालले ४५ रन बनाए। यसबाहेक रेड्डी र सुन्दरले ४२-४२ रनको योगदान दिए। म्याच जितेर पनि भारतले अभ्यास गर्न पूरा ४६ ओभर नै ब्याटिंग गऱ्यो अनि ५ विकेट गुमाएर २५७ रन बनाए। आज कप्तान रोहित शर्मा केवल ३ रन बनाएर आउट भए।

यो म्याच ६ दिसम्बरदेखि एडिलेडमा शुरु हुने डे-नाइट दोस्रो टेस्ट म्याचको तयारीको निम्ति महत्त्वपूर्ण थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement