कालेबुङ: मंगलधुरा कल्याण समिति, संगसीर कमानको तत्त्वावधानमा आयोजित सिन्कोना गोल्ड कप फूटबल टुर्नामेण्टमा दार्जीलिङ पुलिसले क्वार्टर फाइनलमा स्थान बनायो। मंगलधुरा खेल मैदानमा आइतवार भएको म्याचमा दार्जीलिङ पुलिसले जर्ज सेवेनविरुद्ध २-०-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट नेहाल सेवा र प्रीतम सुब्बाले १-१ गोल गरे। बुधवार खेलिने म्याचमा सिनाल्चु नाम्ची र लाटपञ्चर युनाइटेडबीच भिड़न्त हुनेछ। यस सेवेन ए साइट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल २२ दिसम्बरमा हुनेछ।