गान्तोक: सिक्किमको विपक्षी दल सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ)को मुख्यालयको प्रेक्षागृहमा एसडीएफका सक्रिय युवाहरूको सक्रियतामा युवा समन्वत्मक सभा सम्पन्न भयो। सभामा पार्टी अध्यक्ष पवन चामलिङको पनि उपस्थिति रहेको थियो। युवाहरूले सभामा वर्तमान सिक्किमको राजनीतिक गतिविधिमाथि समिक्षा गर्दै पार्टी संगठनलाई दह्रीलो बनाउन आ-आफ्ना सुझाव सल्लाह व्यक्त गरे।

सभामा युवाहरूले राखेका सकारात्मक सुझावहरू ध्यानपूर्वक सुनेपश्चात उनीहरूको उर्जावान विचारको समर्थन गर्दै हरेक युवाहरूको काँधमा पार्टीलाई नविनीकरण गरि सशक्त गराउने अहम जिम्मेवारी आइपरेको कुरा अवगत गराउदै वर्तमान सरकारले अन्धकारमा होमिसकेको सिक्किमलाई उद्धार गर्न सिक्किमले, सिक्किमको सचेत युवाहरूलाई पर्खी रहेको छ भनि बताए। उनले युवाहरूलाई प्रोत्साहन गर्दै भने, आजका युवाहरूले अधिकारसँगसँगै जिम्मेवारी बोधको भावनालाई आत्मसात गर्नसके सिक्किम र सिक्किमेहरूको विजय निश्चित छ। सभामा सबै जिल्लाका युवाहरूको बाक्लो उपस्थिति रहेको थियो भनि प्रचार प्रसार विभाग एसडीएफले जारी गरेको प्रेस बयानमा उल्लेख छ।