बलाबास पुल पुनः सञ्चालनमा

IMG-20241201-WA0224

सरकारले नबनाएको चीज बनाउँदा हामीमाथि थिचोमिचो हुँदैछ त्यसैले हामीलाई छुट्टै राज्य चाहिएको हो: अजय एडवाडर्स

दार्जिलिङ: बलाबास पुल आजबाट पुनः सञ्चालनमा आएको अजय एडवाडर्सले जनाएका छन्। दार्जिलिङको सिंगताम चिया बगानको फेदीमा रहेको बलाबास खोलामाथि ब्रिटिशकालीन पुल उर्फ बलाबास पूल विगत धेरै वर्ष अघिदेखि जीर्णावस्थामा रहेको थियो। सिंगताम,बसोम, चुङथुङ चिया बगानको फेदमा रहेको बलाबास पुल यी क्षेत्रका मानिसहरूको निम्ति लाइफ लाइन रहेको हुनाले स्थानीय मानिसहरूले विगत धेरै वर्ष अघिदेखि पुलको जीर्णद्वार एंव निर्माणको गुहारहरू लगाउँदै आएका थिए तर यतिका वर्षहरू बितिसक्दा पनि जीर्णोद्वार अथवा पुलको निर्माण कार्य नहुँदा स्थानीय मानिसहरूसँगै ३२ वटा भन्दा धेर समाज एंव सामाजिक संघ संस्थाहरूले अजय एडवाडर्स समक्ष पुल निर्माणको गुहार लगाउँदा सिमेन्ट आदि जस्ता जरूरी सर सामाग्रीहरू प्रदान गरेका थिए अनि स्थानीय मानिसहरू,संघ संस्था अनि समाजहरूले श्रमदान दिएर बलाबास पुलको निर्माण कार्य पूरा भएको थियो। पुलको निर्माण कार्यसँगसँगै स्काई वर्क आदि जस्ता विषयहरूको निर्माण कार्यले बालाबास पयर्टन स्थलको रूपमा परिणत हुँदै जाँदै थियो अनि दिन प्रतिदिन मानिसहरूको भीड बढ्दै जान्दै थियो साथै स्थानीय मानिसहरूले पूल निर्माणको कार्यले मानिसहरू धेरै खुशी थिए। तर दुर्भाग्यवश मुसलाधारे पानीले ल्याएको बाढले पूलको रेलिङहरू क्षतिग्रस्त बनाए अनि बलाबास खोला तलाबमा परिणत भएका थियो। पुलको अवस्था देखेर श्रमदाताहरू धेरै दु:खी भएकका थिए। अजय एडवाडर्सले पुललाई पहिलाकै रूपमा ल्याउने स्थानीय मानिसहरूलाई वचन दिन्दै जीर्णोद्वारका कार्य शुरू गरेका थिए। स्थानीय श्रमदाताहरू पुनः जुटेर जीर्णोद्वारको कार्य शुरू गरेको थियो। जीर्णोद्वारको कार्य पूरा भएपछि आज अजय एडवाडर्सले बलाबास पुल जनतालाई पुनः सुम्पिन्दै ३२ वटा समाज साथै श्रम दाताहरूप्रति आभार जनाएका छन्। पूल उदघाटनको समयमा स्थानीय वृद्व मानिसहरूले धेरै वर्षदेखि पुल निर्माणको गुहार लगाउँदै सांसद, विधायक, प्रशासन, दागोपाप, जीटीए सरकारहरूलाई चढाएका ज्ञापन पत्रहरूको बण्डल लिएर आएका थिए तर कसैले केही नगरी दिन्दा उनीहरू स्वयम् अघि आएर पुल निर्माणको कार्यमा लागि परेको बताइएको छ। सरकारले स्थानीय मानिसहरूको समस्या र पिडालाई वास्ता नगर्दा उनीहरू स्वयम निर्माण कार्यमा लागि परेका थिए। अजय एडवाडर्स र क्षेत्रीय सभासद प्रतिम सुब्बाले श्रम दाताहरूलाई सिमेट र रट आदि सहयोग मात्र गरेको हो तर पुल निर्माणको कार्य स्थानीय मानिसहरूले नै गरेको बताइएको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवर्डले भने, ‘नियम कानूनको पालन गर्नु राम्रो हो तर त्यो नियम र कानूनले जनताको पीढामा मलम लगाउनको साटो नून चूक लगाउँने काम गर्छ भने त्यो ठीक भएन। त्यसैकारण महात्मा गाँधीले पनि दण्डी यात्रा निकालेका थिए। पहाडको कतिपय नेताहरूको सोच राम्रो छैन, हामी ईश्वरसंग प्रार्थना गर्छौं जनताप्रति उनीहरूको सोच साकारात्मक बनोस,घोर अन्धकार पनि माचिसको एउटा तीलसंग हार्नै पर्छ। हामीमाथि जे जस्ता आरोप र लान्छनाहरू लगाउने कार्यहरू गरी रहेको छ तर वास्तामा भन्नु हो भने ती आरोपहरू पूल निर्माणका श्रमदाताहरूलाई लगाएको हो।’
उनले अघि भने,’जीटीएको सीपीएससंगको भेटवार्तामा बलाबास पूलको कुरा निकाल्दा मैले भनी दिएका थिए त्यो पूल निर्माणमा मैले सहयोग मात्र गरेको हो,जीटीएलाई ठीक लागेन भने भत्काई दिनोसभन्दा जीटीएसंग पूल भत्काउने पनि पैसा छैन अनि निर्माण गर्ने पैसा समेत नरहेको बताएका थिए।उसो भए हाम्रो क्षेत्रमा विकासको क्रान्ति नल्याउनु? हाम्रो क्षेत्रहरूमा पनि विकाशको क्रान्ति आउनु पर्छ। त्यसैकारण हामीले विगत धेरै वर्ष अघिदेखि छुट्टै राज्यको कुरा गर्दै आईरहेका हो।’
एडवर्डले अझ भने, ‘आज जमीनको कुरा आउँदैछ, हामीलाई हाम्रै जमीनमा यति धेर थिचोमिचो हुँदैछ। सरकारले नबनाएको चीज हामीले बनाउन खोज्दा रोक्ने प्रयासहरू भईरहेको छ। त्यसैकारण हामीले हाम्रो छुट्टै राज्य हुनुपर्छ भनेको हो। भिक्टोरिया फल्सको ब्रीज १०५ वर्ष पूरानो ब्रीज हो, ब्रीज जीर्णावस्थामा पूगिसकेको छ,त्यो ब्रीजमाथि गाडी हिँडदा ब्रीज हल्लिन्छ तर बलाबास ब्रीजमाथि गाडी हिँडदा केही हुँदैन। भिक्टोरिया फल्सको ब्रीजको अवस्थाबारे मैले जीटीएलाई पत्र लेखिसकेको छु। तर पनि त्यसमाथि कुनै पहल भएको छैन। पहाडमा चारवटा नयाँ ब्रीजहरूको निर्माण हुँदैछ। जनता अघि आएर निर्माण कार्य गर्छ भने म पछि हट्ने कुरै आउँदैन। अजय एडवाडर्स सिमेट सप्लाई गर्ने ब्यक्ति हो अनि यो कार्य कुनै पनि अवस्थामा बन्द हुने वाला छैन। ब्रीज निर्माणको कार्यहरू रोक्ने षडयन्त्रहरू भईरहेको छ,कहाँ कहाँ रोक्छ रोकोस,जनताले ब्रीज बनाउँछ। म अघि आउनेछु। जनताले समाज घर बनाउँछ म अघि आउने हो। जनताले बाटो बनाउँछ म अघि आउने हो। मेरो परिवारको कमाई म जेसुकै गरून, गाडी किनुम कि ब्रीज बनाउँ कि अरूलाई सहयोग गरौं त्यो मेरो ब्यक्तिगत विचार हो। तर यो सहयोगी हात र मेरो जातिप्रतिको मायालाई कसैले रोक्न पनि सक्दैन हटाउन पनि सक्दैन।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement