कुमारग्राम ३ गोलले विजयी

कालचिनी: राजाभात स्पोर्टिङ क्लबको आयोजनामा सोमबार सम्पन्न म्याचमा कुमारग्राम स्टुडेन्ट वेलफेयर एसोसिएशनले प्रतिद्वन्दी टीम तराई स्पोर्ट्स कराटे नक्सलबाड़ीलाई ३-० को अन्तरमा पराजित गर्न सफल भएको राजाभात स्पोर्टिङ क्लबको सचिव किरण लामाले जनाएका छन्। रोमाञ्चक खेलमा कुमारग्राम स्टुडेन्ट वेलफेयर एसोसिएशनका स्कोरर नवदीप नार्जीनारीले २ गोल र अमित नार्जीनारीले १ गोल हालेर टीमलाई विजयी बनाए। म्यान अफ द म्याच कुमारग्राम टीमको नवदीप नार्जीनारीलाई प्रदान गरियो भने आउँदो ३१ अगस्तको दिन टिस्टा क्लब गजलडोबा बनाम सोकर ११ बीच सम्पन्न हुने बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement