गान्तोक: पश्चिम सिक्किमको रिन्चेनपोङ स्थित मेगिडाँडा परिसरमा पुननिर्मित रिञ्छेन छोलिङ गुम्बाको उद्घघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले आजको दिन एक ऐतिहासिक दिन रहेको बताए। रिन्चेनपोङ र गेजिङ बर्मेक निर्वाचन क्षेत्रको सीमानामा अवस्थित रिन्छेन छ्योईलिङ गुम्पाको विधिवत उद्वघाटन हुनु हर्षको कुरो रहेको मन्त्व्य व्यक्त गरे। यसको निम्ति पर्यटन विभागका सचिव लगायत निर्माण कार्यमा संलग्न सबैप्रति धन्यवाद दिए। यो गुम्बा सम्पूर्ण सिक्किमेको धरोहर रहेको बताउँदै यसको संरक्षण र सम्बर्धनमा सबैले दायित्व निर्वहन गर्नुपर्ने आग्रह गरे।

मेगी डाँडा क्षेत्रमा रबिन्द्रनाथ टेगोर स्मृति पार्क पनि निर्माण गरिने जानकारी गराउँदै १८ महिनाको अन्तरालमा गुम्पा निर्माण कार्य पुरा भएको बताए। यो गुम्पा निर्माणमा विशेष योगदानको निम्ति गुम्पाका प्रमुख परम पावन टुल्कु साङगे योङतेन ग्यात्सो रिम्पोछेप्रति पनि हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दै आज नै हि पातालमा गुम्पा निर्माण हेतु शिलान्यास कार्यक्रम सम्पन्न भएको पनि आफ्नो सम्बोधनमा जानकारी दिए। वर्तमान सरकारले गुम्बा, मन्दिर र चर्चको निर्माणसितै यस धार्मिक पर्यटन स्थलमा पनि जोर दिएर काम गर्दै आइरहेको जनाए।

मुख्यमन्त्रीले रबिन्द्रनाथ टेगोर पार्कको निर्माण पनि यसै स्थानमा भइरहेको जानकारी पनि गराए। यो सांस्कृतिक केन्द्र र रबिन्द्रनाथ टेगोर पार्कको निर्माणले यस क्षेत्रमा पर्यटन व्यवसाय फस्टाएर जाने बताउँदै यस क्षेत्रका पर्यटन सरोकारवाला एवं स्थानीयवासीले यसबाट लाभ उठाउन सक्ने जनाए। सरकारले पश्चिम सिक्किमका विभिन्न क्षेत्रमा गरिरहेको विविध विकासीय पुर्वाधार निर्माणको पनि उल्लेख गरे। विकासीय कार्यहरू जनताको हितमा हुनपुर्ने बताउँदै लेकशेपमा गंगा आरतीको निम्ति काममा विलम्ब भएकोमा रोष प्रकट गरे। अब जोरथाङमा सन्ध्या आरतीको लागि काम गरिने पनि जानकारी गराउनु हुँदै मुख्यमन्त्रीले पर्यटन विकासको निम्ति विभिन्न स्थानमा काम हुनुपर्ने बताए।

मेगा होम स्टे योजनाको पनि मुख्यमन्त्रीले उल्लेख गरे। सिक्किम राज्य नीती आयोग गठन गरिने जानकारी गराउदै उक्त आयोगले राज्यभरि विकासीय कार्यहरू देखरेख र नियन्त्रण गर्ने बताए। यसैगरी नौ नौ जनाको समष्टि स्तरीय समिति पनि बनाउने जानकारी गराउँदै यो समितिले समष्टि विकास हेतु कार्य गर्ने जानकारी गराए। सरकारले विगत पाँच वर्षमा धेरै कार्यहरू गरेको जानकारी गराउँदै दोस्रो कार्यकालमा बिपासा, बिजुली, पानी अनि सडकलाई ध्यानमा राखेर काम गर्ने बताउए। चुनाव अघि गरीब जनताको घर बनाउने टोकनहरू वितरण गरिएको र अब धमाधम काम हुने जनाए। आजको यस गुम्बा निर्माणको ऐतिहासिक कार्यको निम्ति गेजिङ बर्मेक समष्टिका जनतालाई बधाई दिदैँ देश विदेशबाट आएका समस्त अतिथिहरूलाई सरकारको तर्फबाट स्वागत जनाए।